सबै धर्मका आ–आफ्ना धाम र धार्मिकस्थल भएजस्तै बुद्ध धर्मावलम्बीका लागि लुम्बिनी सबैभन्दा महत्त्वपूर्ण स्थल हो, लुम्बिनी शान्ति कूटनीतिका लागि पनि प्रमुख गन्तव्य हो, दैनिकजसो विश्व शान्तिको कामना गर्दै पूजापाठ र कार्यक्रम भइरहेका हुन्छन् ।
बुद्ध दर्शन आजको जटिल, तीव्र र अस्थिर विश्वमा झन् प्रासंगिक हुँदै गएको छ । प्रविधिको तीव्र विकास, उपभोक्तावाद, मानसिक तनाव, युद्ध, वातावरणीय संकट र मानवीय मूल्यहरूको ह्रासबीच बुद्धका शिक्षाहरूले आजको मानवतालाई दिशानिर्देश गर्ने क्षमता राख्छन् । आजको सन्दर्भमा बुद्धको महिमाबारे कोसेलीले तयार पारेकाे विशेष प्याकेज।
What you should know
भैरहवा — रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको बुद्ध जन्मस्थलमा बाह्रैमास पर्यटकको चहलपहल हुन्छ । हिउँदको चिसो ठिहीँ होस् कि असार–साउनको झमझम दर्किने झरी । शान्ति आह्वान गर्ने लुम्बिनीको शान्तिदीपदेखि पवित्र उद्यान क्षेत्रमा रहेको मायादेवी मन्दिरमा विभिन्न मुलुकबाट आएका बुद्ध धर्मावलम्बीलगायत पर्यटक डुलिरहेका देखिन्छन् ।
प्रत्येक दिन भीडभाड भइरहने लुम्बिनी क्षेत्रमा कुनै चाड वा अवसरका बेला झनै आगन्तुकको खचाखच हुने गरेको छ । २०८३ को पहिलो दिन लुम्बिनीमा पूजा र घुमफिर गर्नेको घुइँचो लाग्यो । लुम्बिनी विकास कोषका अनुसार नयाँ वर्षको पहिलो दिन ३० हजार पर्यटक आएका थिए । अधिकांश नयाँ वर्षको दिन लुम्बिनीको शान्ति र मनोरम वातावरणमा रमाउन आएका थिए ।
लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्मा लुम्बिनी आध्यात्मिक स्थलसँगै स्वदेशी पर्यटकका लागि वर्षमा एक पटक पुग्नैपर्ने गन्तव्य बनिसकेको छ । यस क्षेत्रको पुरातात्त्विक र ऐतिहासिक महत्त्वबारे जानकारी लिन र पूजा गर्न धेरै आउने गरेका छन् । ‘लुम्बिनी पवित्र उद्यानसँगै विश्व शान्तिको मुहान हो,’ उनले भने, ‘लुम्बिनीमा महसुस हुने शान्तिका लागि बौद्ध धर्मावलम्बी मात्र नभएर सबै जातजाति, धर्म, संस्कृतिका मानिस आइरहेका छन् ।’
सबै धर्मका आ–आफ्ना धाम र धार्मिकस्थल भएजस्तै बुद्ध धर्मावलम्बीका लागि लुम्बिनी सबैभन्दा महत्त्वपूर्ण स्थल हो, लुम्बिनी शान्ति कूटनीतिका लागि पनि प्रमुख गन्तव्य हो, दैनिकजसो विश्व शान्तिको कामना गर्दै पूजापाठ र कार्यक्रम भइरहेका हुन्छन् ।लुम्बिनीको पुरातात्त्विक पाटोको प्रचारसँगै आध्यात्मिक वातावरण बनाएर धेरै पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ । शुक्रबार बुद्ध जयन्तीको अवसरमा स्वदेश र विदेशबाट आएका बुद्ध धर्मावलम्बीले लुम्बिनी भरिभराउ बनेको छ । बुद्ध जयन्तीका लागि सिँगारिएको लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शन र पूजाका लागि बौद्ध गुरु, लामा, भिक्षु–भिक्षुणी र बुद्ध धर्मका आस्थावान् लुम्बिनीमा आएका हुन् । ‘स्वाभाविक रूपमा बुद्ध जयन्तीका दिन लुम्बिनी भरिभराउ हुन्छ,’ अध्यक्ष शर्माले भने, ‘यसबाहेक सार्वजनिक बिदाका दिन पनि घुमफिर गर्नेको घुइँचो लाग्छ ।’ बुद्ध जयन्तीका बेला विदेशबाट आउने पाहुना पनि बढेको उनले बताए ।
सबै धर्मका आ–आफ्ना धाम र धार्मिकस्थल भएजस्तै बुद्ध धर्मावलम्बीका लागि लुम्बिनी सबैभन्दा महत्त्वपूर्ण स्थल हो । लुम्बिनी शान्ति कूटनीतिका लागि पनि प्रमुख गन्तव्य हो । दैनिकजसो विश्व शान्तिको कामना गर्दै पूजापाठ र कार्यक्रम भइरहेका हुन्छन् । राजधानी काठमाडौंमा कुनै अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन आएका राष्ट्र प्रमुखदेखि कूटनीतिक नियोगका प्रतिनिधि लुम्बिनी भ्रमणमा आउने गरेका छन् ।
यसबाहेक विभिन्न मुलुकबाट आउने नागरिकको संख्या उलेख्य छ । लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार सन् २०२४ मा ७ लाख ५९ हजार ९ सय ९० नेपाली पर्यटक आएका थिए भने ३ लाख ८ सय ८९ भारतीय र १ लाख ११ हजार ४ सय ३ तेस्रो मुलुकबाट पर्यटक आएका थिए । सन् २०२५ मा ७ लाख २ हजार ९ सय १० नेपाली, २ लाख ६९ हजार १ सय ८७ भारतीय र १ लाख ४० हजार ९ सय ६९ जना पर्यटक तेस्रो मुलुकबाट आएका थिए । सन २०२४ मा ७७ मुलुकका नागरिक लुम्बिनी घुम्न आएका थिए । सन २०२५ मा ७६ मुलुकका नागरिक लुम्बिनी आएका थिए ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई जुनसुकै उपमा दिए पनि हुन्छ । बुद्ध धर्मावलम्बी र अनुयायी तीर्थाटन गर्न आउँछन् । शुभेच्छुक र शुभचिन्तक शान्ति र सद्भावको ऊर्जा लिन आउने गर्छन् । घुम्न आउनेले यहाँ मायादेवी मन्दिर र सम्राट अशोकले बनाएको स्तम्भ मात्र ठान्छन् । यथार्थ त्यसो होइन । यो विविधायुक्त बौद्ध संस्कृतिको सानो संसार हो । अर्थात् ‘मिनि बुद्ध वर्ल्ड’ हो । यहाँ विभिन्न मुलुकका मन्दिर, विहार र गुम्बाका बनावट चित्ताकर्षक छन् । अहिलेसम्म पर्यटक भौतिक कुरा हेरेर फर्किने गरेका छन् । बुद्ध दर्शनबारे बुझाउन सकिएको खण्डमा विश्वभरबाट पर्यटकको ओइरो लाग्ने विश्वास स्थानीयको रहेको छ ।
प्रत्येक वर्ष विश्वका महत्त्वपूर्ण व्यक्तिको पनि लुम्बिनीमा आगमन भइरहेको हुन्छ । सन् २०२४ मा संयुक्त राष्ट्रसंघका तर्फबाट अस्ट्रेलियाका रेबेका ग्राउन्ड, जापानका तमुरात ताकेहितो, युनेस्कोको कूटनीतिक तथा प्राविधिक मिसनमा कार्यरत नारायण मानन्धर, युनेस्को दक्षिण एसियाका निर्देशक एरिक फल्ट आएका थिए । थाइल्यान्ड, श्रीलंका, म्यान्मार र भियतनामका उच्च पदस्थ भिक्षु तथा सरकारी पदाधिकारीको पनि लुम्बिनीमा भ्रमण भएको थियो ।
वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीका अनुसार तत्कालीन इस्ट इन्डिया कम्पनीअन्तर्गतका पुरातत्त्वविद्ले चिनियाँ यात्रीका विवरण पछ्याउँदै खोज गर्नेक्रममा सन् १८९६ डिसेम्बर १ मा लुम्बिनी पुनः पत्ता लागेको थियो । जब लुम्बिनी पत्ता लाग्यो, त्यसपछि एक/दुई जना तीर्थयात्री आउन थालेका थिए । ‘सुरुवातमा आफैं खानेकुरा लिएर, ओढ्ने, ओछ्याउने बोकेर लुम्बिनी अवलोकन गर्न आउन थाले,’ बिडारी भन्छन्, ‘त्यसबेला आवागमन सहज थिएन । लामो समय लगाएर खोज्दै, डुल्दै आउँथे ।’
लामो अवधि लुम्बिनीमा आवासको व्यवस्था थिएन । पर्यटक आए पनि आफैंले बास खोजेर बस्नुपर्थ्यो । सन् १९८२ सम्म लुम्बिनीमा लज खुलेका थिएनन् । उनका अनुसार सन् १९८५ मा पडरियामा ४ कोठा र दुई वटा डर्मोटरी भएको बुद्ध होटल खुलेको थियो । ‘त्यही लुम्बिनीको पहिलो पाहुना घर थियो,’ उनले भने, ‘त्यो पनि उच्च पदस्थ व्यक्तिको आवासका लागि बनाइएको थियो ।’
अहिले लुम्बिनीमा तारे स्तरका ४ होटलसहित ८० भन्दा बढी होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । लुम्बिनीको राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा ४० वर्षअघि ब्रान्डिङ सुरु भएको पुरातत्त्वविद् बिडारीले जानकारी गराए । बौद्ध धर्मावलम्बीको दिग्गनिकायको महापरिनिर्वाण सूत्रमा मृत्यु शय्यामा पुगेका बेला गौतम बुद्धले अनुयायीलाई आफ्नो जीवनकालका महत्त्वपूर्ण चार स्थल पुग्नुपर्ने बताएको उल्लेख पाइन्छ ।
लुम्बिनीमा अहिले ३८ विभिन्न मुलुकलाई प्रतिनिधित्व गर्ने विहार र मन्दिर रहेका छन् । ती विहारमा सम्बन्धित मुलुकका कला, संस्कृति झल्काउने मूर्ति, चित्र र विभिन्न प्रदर्शन रहेका छन् ।आफू जन्मिएको स्थान लुम्बिनी, ज्ञान प्राप्त गरेको बौद्धगया, पहिलो पटक धर्मदेशना दिएको सारनाथ र महापरिनिर्वाण मिलेको कुशीनगर पुग्नैपर्ने बताएका थिए । बुद्धले उल्लेख गरेका यी ठाउँलाई जोडेर ‘बुद्ध सर्किट’ बनाइएको छ । अधिकांश बुद्ध धर्मावलम्बी भारतमा रहेका तीन स्थल भ्रमण गरेर लुम्बिनी आउने गरेका छन् । ‘बुद्धले मृत्युवरण गर्नुभन्दा पहिल्यै लुम्बिनीको ‘ब्रान्डिङ’ गरिसकेका हुन्,’ लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले भने, ‘अहिले हामीले बुद्धको त्यहीँ सन्देश विश्वभर फैलाए मात्र पुग्छ ।’
लुम्बिनी क्षेत्रमा थुप्रै पुरातात्त्विक स्थल छन् । बुद्धसँग जोडिएका धेरै स्थानको संरक्षण र विकास हुन बाँकी छ । अहिलेसम्म विकास भएको बुद्ध जन्मस्थल लुम्बिनी हो । आकर्षणका रूपमा धेरै विहार र मन्दिर रहेका छन् । लुम्बिनीको पश्चिम क्षेत्रमा जर्मनीको द ग्रेट लोटस स्तूप आकर्षक छ । सरसफाइ, हरियाली र रंगीचंगी फूलले वातावरणलाई मोहक तुल्याउँछ । त्यहाँ बुद्धको जीवनी मूर्तिमार्फत प्रदर्शन गरिएको छ । बुद्धको गर्भ प्रवेशदेखि महापरिनिर्वाणसम्म देख्न पाइन्छ । आकर्षक कलाकृति र पेन्टिङ छ ।
लुम्बिनीमा अहिले ३८ विभिन्न मुलुकलाई प्रतिनिधित्व गर्ने विहार र मन्दिर रहेका छन् । ती विहारमा सम्बन्धित मुलुकका कला, संस्कृति झल्काउने मूर्ति, चित्र र विभिन्न प्रदर्शन रहेका छन् ।
सन् १९५६ मा स्वर्गीय राजा महेन्द्रले सडक, विहार र धर्मशाला निर्माण गरेर लुम्बिनी विकासको थालनी गरेका थिए । सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव उत्थान्तले लुम्बिनी भ्रमण गरे । यस्तो महत्त्वपूर्ण स्थलको दयनीय अवस्था देखेर लुम्बिनीको विकासलाई अन्तर्राष्ट्रिय मुद्दा बनाए । १९७० मा संयुक्त राष्ट्रसंघको आह्वानमा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति बन्यो । त्यसै वर्ष जापानी वास्तुकलाविद् केन्जो ताङ्गेलाई लुम्बिनीको गुरुयोजना बनाउन नियुक्त गरियो । १९७८ मा नेपाल सरकारले उनको गुरुयोजना स्वीकृत गर्यो । गुरुयोजनाको काम अहिले पनि जारी छ । १९८५ मा लुम्बिनी विकास कोष गठन भयो । सन् १९९३ देखि यहाँ विहार मन्दिर बन्न थाले । त्यसपछि विकासका काम देखिन थाले । १९९७ मा लुम्बिनी विश्व सम्पदामा सूचीकृत भयो ।
