हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ५ दलको उम्मेदवारी

मंसिर २, २०८१

तृप्ति शाही

Candidates of 5 parties for the post of Vice President of Sarkegad Rural Municipality of Humla

वीरेन्द्रनगर — हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपाका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । कांग्रेसबाट सबिता बुढाको उम्मेदवारी दर्ता भएको छ । यस्तै एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट बाँचा शाहीले उम्मेदवारी दर्ता गराएका हुन् ।

गत भदौ ४ गते सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको गाडी दुर्घटना हुँदा सर्केगाडका उपाध्यक्ष चन्द्र सिंह कार्कीको मृत्यु भएको थियो । उनी २०७९ को निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेर उपाध्यक्ष बनेका थिए ।

स्थानीय तह उपनिर्वाचन-२०८१उपनिर्वाचन-२०८१उपनिर्वाचन

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully