दैलेख — दैलेखमा स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न दलहरुले मनोनयन दर्ता सुरु गरेका छन् । दैलेखको महाबु गाउँपालिका अध्यक्ष र दुल्लु नगरपालिकाको वडा अध्यक्षका लागि हुन गइरहेको उपनिर्वाचनमा दलहरुले मनोनयन दर्ता गरेका हुन् ।
हालसम्म नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र नेकपा एमालले मनोनयन दर्ता गराएका छन् । यस्तै राष्टिय स्वतन्न्र पार्टी र राप्रपा मनोनयन गर्ने तयारी अवस्थामा रहेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएको थियो ।
त्यसैगरी एमालेबाट निर्वाचित दुल्लु नगरपालिका–१३ का वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा २०८० माघ २२ गते निधन भएको थियो ।
अध्यक्षमा नेपाली कांग्रसबाट झलक भण्डारी, नेकपा एमालेबाट जंगबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट जंगबहादुर बराल, रासपाबाट प्रकाश बुढा, एकीकृत समाजवादीबाट जगत हमालले उम्मेदवारी दिएका छन् । कर्णालीका ७ वटा स्थानीय तहमा हुन उपनिर्वाचन हुन थालेको हो ।
