पहिरोले कर्णाली राजमार्ग अवरूद्ध

असार २२, २०८१

तृप्ति शाही

Karnali highway blocked by landslides

वीरेन्द्रनगर — शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अवरूद्ध भएको छ । राजमार्गको कालिकोट सडकखण्ड अवरूद्ध भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ  । 

कालिकोटको हुल्मलगायत अन्य दुई ठाउँमा पहिरो जाँदा सडक अवरूद्व भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी विनोद शर्माले बताए । उनका अनुसार हुल्ममा ठूलो पहिरो गएकोले काम गर्न पनि समस्या भइरहेको छ ।

सडक अवरुद्ध  भएपछि सवारीसाधनहरू बिच बाटोमा रोकिएका छन्।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully