पूर्वमेयरदेखि स्वतन्त्रको प्रतिस्पर्धा

पाँचवर्षे कार्यकालमा पूर्वाधार विकासदेखि सामाजिक कामले प्राथमिकता पाउने दाबी

वैशाख २०, २०७९

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदका लागि पूर्वप्रमुखदेखि उपप्रमुखसम्मले उम्मेदवारी दिएका छन् । नगरपालिकाको प्रमुखका लागि कांग्रेसको तर्फबाट उपेन्द्र खड्का, एमालेबाट मोहनमाया ढकाल, एकीकृत समाजवादीबाट धनकुमारी जिसी र राप्रपाको तर्फबाट मुकुन्दश्याम गिरी प्रमुखका लागि चुनावमा होमिएका छन् ।

प्रमुखका लागि राप्रपाका तर्फबाट चुनावमा होमिएका गिरी ०६१ सालमा वीरेन्द्रनगरको प्रमुख भएर काम गरिसकेका छन् । साथै उनले ०४३ सालमा लाटीकोइली गाउँ प्रधानपञ्च भएर पनि काम गरिसकेका हुन् । दैलेखको दुल्लुमा जन्मिएका गिरी ०२९ सालदेखि राजनीतिक यात्रामा छन् ।

वीरेन्द्रनगर जेसिज वर्ष १९८४ को अध्यक्ष तथा ०४२ मा बाल संगठन सुर्खेतको अधयक्षसमेत भएका थिए । पञ्चायत व्यवस्थाको अन्त्यपछि गिरी राप्रपा जिल्ला कार्य समिति सुर्खेतको सचिव भएर करिब १० वर्ष काम गरे । हाल राप्रपाको केन्द्रीय उपाध्यक्ष रहेका उनले ०४१ सालमा मेयर रहँदा क्षेत्रीय हस्पिटल सुर्खेत (हाल कर्णाली प्रदेश अस्पताल) को स्थापनामा आफूले योगदान पुर्‍याएको बताउँछन् । आफू प्रमुख हुँदा एयरपोर्टदेखि सानो सुर्खेत सडक तथा देउतीबज्यै सडकलाई योजनामा समावेश गरेको उनको भनाइ छ । यस्तै, बाल संगठन तथा विद्यालय भवन निर्माणमा आफूले महत्त्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् ।

लाटीकोइली प्रधानपञ्च हुँदा गिरीले बुलबुलेको पानी काँक्रेविहारसम्म पुर्‍याएर साविकका ९ वटै वडामा पिउने पानी पुर्‍याउन पहल गरेको बताए । ‘९ वटै वडामा मेरै पहलमा विद्यालय स्थापना भएका हुन्,’ उनले भने, ‘धुलियाबिटदेखि सानो सुर्खेतसम्म रहेको जंगल किनारामा बसेका अव्यवस्थित बस्तीको नापनक्सा गराई अस्थायी पुर्जा वितरण पनि गरेको थिएँ ।’

गिरीले निर्वाचनका लागि विवादित एयरपोर्ट विस्तार र वीरेन्द्रनगरको पिउने पानीको समस्या समाधान गर्ने एजेन्डा प्राथमिकतामा राखेका छन् । गणेश मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएर चुनावी अभियान सुरु गरेका उनले नगरको दक्षिण पूर्वी भेगमा अव्यवस्थित रूपमा रहेको बस्तीलाई व्यवस्थित गर्ने, सुत्केरी महिलालाई ३ महिनासम्म मासिक ३ हजार भत्ता उपलब्ध गराउने, १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नेलगायत योजना अगाडि सारेका छन् । आफू निर्वाचित भए पारिश्रमिक पनि नलिने घोषणा गिरीले गरेका छन् । 

‘सुरुमा हामी निर्वाचित भएर आउँदा काम गर्न निकै गाह्रो थियो,’ उनले भनिन्, ‘अब भने केही सहज हुन्छ, हामीले ७५ वटा विभिन्न ऐन नियमावली तयार गरेका छौं ।’ महिला भएर भन्दा पनि क्षमता र अनुभव भएकाले प्रमुख पदमा उम्मदेवारी दिएको उनको भनाइ छ ।

उनले आफ्नो पाँचवर्षे कार्यकालमा पुर्वाधार विकासदेखि सामाजिक कामले पनि प्राथमिकता पाएको बताइन् । ढकालका अनुसार नगरभित्रका सडकले गति लिएका छन् । ‘केही सडकहरू मर्मत सुधारकै प्रक्रियामा छन्,’ उनले भनिन्, ‘आमा सुरक्षा कार्यक्रम, छोरी जन्म बचत खाता, महिला स्वरोजगार कार्यक्रम पनि नगरभित्र प्रभावकारी भएका छन् ।’ आफ्नै कार्यकालमा अधुरा रहेका र थप नयाँ काम गर्न आफू मेयर पदका लागि चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।

कांग्रेसका तर्फबाट वीरेन्द्रनगरको प्रमुख पदमा उम्मेदवारी दिएका खड्का वीरेन्द्रनगरलाई स्मार्ट सहरी विकास गरी उपमहानगरदेखि महानगर बनाउने योजनाका साथ अगाडि बढेका छन् । ०६१ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका खड्का करिब ८ वर्ष नगर कार्यसमितिको सचिव भएर काम गरे । अहिले उनी नगर कार्यसमिति सभापति छन् । आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै खड्काले वीरेन्द्रनगरमा पर्यटन क्षेत्रलाई अघि बढाउन बुलबुलेदेखि काँक्रेविहार सर्किट निर्माण गरी र्‍याफ्टिङ सञ्चालनमा ल्याउने बताए । साथै उनले नगरमा सामूहिक विमा कार्यक्रम लागू गर्ने, पशु सुत्केरी भत्ताको व्यवस्था गर्ने, महिला, बालबालिका, अपांगता भएका, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम बनाई लागू गर्ने योजना सुनाए ।

स्थानीय तह निर्वाचन २०७९

चाँदनी

Link copied successfully