कोरोना छिचोल्दै मेलापातमा

जेष्ठ २२, २०७८

कान्तिपुर संवाददाता

लमजुङ — असार नजिकिएसँगै ग्रामीण भेगका खेतमा कामको चटारो बढेको छ । कोरोना संक्रमित पनि यतिबेला मेलापातमा छन् । मर्स्याङ्दी गाउँपालिका–७ को एउटै गाउँमा बिहीबार ३४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू घरमा छन् । तर परीक्षण नगरेकाहरू भने मेलापातमा छन् ।

स्थानीय कन्यराज घलेका अनुसार कोही कोरोना संक्रमित बिरामी छैनन् । कोही बिरामी भएकालाई पनि रिपोर्ट नेगेटिभ छ । ‘गाउँमा मकैको झार उखेल्ने र बोडी टिप्ने काम छ अहिले । गाउँले यसमै खटिएका छन्,’ उनले भने ।

वडा ६ का विष्णुराज घिमिरेका अनुसार गाउँले खेतबारीमा छन् । ‘असार नजिकिएपछि सबै मिलेर कान्ला ताछेका छन् । दूरी कायम त गरेका छन् तर हुलमुलमा जोखिम हुन्छ नै,’ उनले भने ।

दोर्दी गाउँपालिका–६ का कोरोना संक्रमित घरबाट छुट्टै ठाउँमा बसेका छन् । तर, उनीहरूका परिवार भने मेलापातमा छन् । स्थानीय जलविद्युत् आयोजनामा काम गर्ने मात्रै ३५ जना संक्रमित छन् । गाउँमा १० संक्रमित छन् ।

रोपाइँको तयारीमा लाग्नुपर्ने समय भएकाले गाउँले मेलापातमा रहेको स्थानीय सुनिल घलेले बताए । वडाध्यक्ष नन्दराज घलेले कोरोना संक्रमितलाई छुट्टै व्यवस्थापन गरेर गाउँले मेलापातमा जाने गरेको बताए । ‘मेलापातमा जोखिम हुन्छ । काम पनि गर्नै पर्‍यो । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully