२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

काभ्रेमा निर्वाचन क्षेत्रमा पठाइयो सामग्री र कर्मचारी

ज्योति श्रेष्ठ

काभ्रे — प्रतिनिधि र प्रदेशसभा निर्वाचन २०७९ का लागि काभ्रेमा निर्वाचन सामग्री ढुवानी कार्य सुरु गरिएको छ । निर्वाचनमा खटिने मतदान अधिकृतसहित कर्मचारी, मतपत्र र निवार्चन सामग्री सम्बन्धित मतदान केन्द्रमा पठाइएको जिल्लामा निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । 

काभ्रेमा निर्वाचन क्षेत्रमा पठाइयो सामग्री र कर्मचारी

कार्यालयका अनुसार काभ्रेका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री र कर्मचारी पठाइएको छ । काभ्रेको क्षेत्र नं. १ का १ सय ९५ वटा मतदान केन्द्रका लागि मतदान अधिकृतसहित कर्मचारी, मतपत्र र निवार्चन सामग्री पठाइएको क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं. १ का अधिकांश दुर्गम क्षेत्रमा मतदान अधिकृतसहित कर्मचारी, मतपत्र र निवार्चन सामग्री पठाइसकेको र सहरी क्षेत्रमा सामग्री पठाउने कार्य जारी छ ।

त्यस्तै काभ्रेको क्षेत्र नं. २ मा रहेका २ सय मतदान केन्द्रका लागि मतदान अधिकृतसहित कर्मचारी, मतपत्र र निवार्चन सामग्री पठाउने कार्य जारी रहेको क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए । उनका अनुसार ८० प्रतिशत निर्वाचन सामग्री पठाइसकेको छ ।

आइतबार हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काभ्रेमा ३ हजार १ सय १२ कर्मचारी खटाइने निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले जनाए । उनका अनुसार निर्वाचनमा १ हजार ५ सय ५६ स्वयंसेवक परिचालन गरिनेछ भने १ मतदान केन्द्रमा ८ कर्मचारी र ४ स्वयंसेवक परिचालन हुनेछन् । यसपटक कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले समेत समानुपातिकतर्फ प्रदेशअन्तर्गत र प्रतिनिधिसभातर्फ मतदाता नामावलीमा सूचीकृत भएकाले मतदान गर्न पाउने भएपछि जिल्लामा ४ अस्थायी मतदान केन्द्रको व्यवस्थापन गरिने जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?