१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा

आश गुरुङ

लमजुङ — लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ चुनावी मैदानमा छन् । यीमध्ये एकजनाले हार्दा देशकै राजनीतिमा समेत असर पर्ने भएकाले दुवै पक्ष जित्नुपर्ने दबाबमा छन् ।

मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा

निर्वाचन प्रचारप्रसारको उत्कर्षमा पुग्दा सुरक्षा चुनौती बढ्दै गएको छ । निर्वाचन आयोगले बाध्य नपारे पनि सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै जिल्ला समन्वय समितिको सभाहलमा बनाइएको मतगणनास्थलमा तारजाली लगाइएको छ ।

मतगणनास्थल र मतपेटिका राख्ने ठाउँमा सीसी क्यामेरा जडान गरिएको छ । मतगणनास्थल जिल्ला समन्वय समितिको सभाहलभित्र बनाइएको छ । त्यसमा राजनीतिक दलका उम्मेदवार तथा तिनका प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ । मतपेटिका राख्ने ठाउँका लागि ४ वटा कोठाको व्यवस्थापन गरिएको छ । प्रत्यक्ष र समानुपातिकको बाकस छुट्टाछुट्टै राखिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै सुरक्षाका सबैखाले मापदण्ड अपनाइएको बताए । ‘मतगणना निकै संवेदनशील हुन्छ । मतपेटिकालाई सुरक्षित राख्नुपर्छ । कुनै पनि घटना हुन नदिनु हाम्रो कर्तव्य हो,’ उनले भने । मतदानस्थलमा हुने असुरक्षा र हुनसक्ने धाँधलीलगायतका गतिविधि नियन्त्रण गर्न तथा नियाल्न सिसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार मतदान सकिएपछि मतपत्र राखिएको बाकस सुरक्षित राख्नुपर्ने हुन्छ । मतगणना सुरक्षित तवरले हुनुपर्छ । सुरक्षा सतर्कता अपनाउन मतगणनास्थल सुरक्षित बनाइएको उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेंसीसहर नगरपालिकाको सहयोगमा ४ लाख ५० हजार रुपैयाा बराबरको सीसी क्यामेरा जडान गरिएको छ । स्थानीय तहको निर्वाचनमा पनि बेंसीसहरमा उक्त सीसी क्यामेरा जडान गरिएको हो । ‘हामीले जडान गरेको सिसी क्यामरामार्फत आयोगले सिधै यहाा मनिटरिङ गर्न सक्छ‘ उनले भने । तारजाली सिंचाइ कार्यालयले सहयोग गरेको छ । बाास र काम गर्नेको ज्याला मुख्य निर्वाचन अधिकृतको कार्यालयले व्यवस्थापन गरेको थियो ।

यसअघि मतगणना सुरक्षित भए पनि २०७४ को स्थानीय तह चुनावमा भरतपुरमा मतपत्र च्यातेको घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचन आयोगले तारजालीको व्यवस्थापनमा मतगणना गर्दै आएको छ । ‘यसपटक तारजाली लगाउनुपर्ने बाध्यता छैन । सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखेर हामीले तारजाली र सीसी क्यामेराको व्यवस्था गरेका छौं,’ मुख्य निर्वाचन अधिकृत खनालले भने ।

प्रकाशित : मंसिर १, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?