हमालले गरे '‍एट्टिन डी' सिनेमाको अनुभव

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

Hamal did 'Ettin D' cinema experience

काठमाडौँ — काठमाडौंको सिटी सेन्टरमा अत्याधुनिक प्रविधिसहित '‍एट्टिन डी' सिनेमा सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसरमा सञ्चालनमा आएको यो सिनेमाको उद्घाटन अभिनेता राजेश हमालले गरे ।

यस्तो सिनेमामा सहभागी हुँदा पर्दाभित्र आफै समावेश भएको महसुस भएको हमालले जनाए । 'यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन,' उनले भने । यो सिनेमाको अनुभव एक पटकमा १० दर्शकले मात्रै अनुभूत गर्न पाउने बताइएको छ ।

फ्लाइओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङद्वारा सञ्चालनमा ल्याइएको यो सिनेमामा दर्शकले दृश्य, ध्वनि, गति, हावा र कम्पनको तालमेलसहित फिल्मको वास्तविक संसारमा सरिक हुन पाउने अवसर हुने आयोजकहरु बताउँछन् । 

कान्तिपुर

Link copied successfully