नवलपुर — गायक हेमन्त शर्माले दसैं–तिहारलाई लक्षित गरेर नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । ‘आउँथ्यो दसैं’ नामक उक्त म्युजिक भिडियोमा दसैं–तिहारमा हुने गाउँघरको रमाइलो माहोललाई विषयवस्तु बनाएका छन् ।
विदेशमा हुने आफन्तका लागि दसैं–तिहार पर्वमा हुने पीरमर्का पनि भिडियोमा समेटिएको छ । तिहारमा साथीभाइहरूसँग देउसीभैलो खेल्ने रमाइलोले गाउँको याद दिलाउने दृश्य भिडियोमा समेटिएको छ ।
हेमन्त शर्मा युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको उक्त गीतमा राकेश सोनीको संगीत संयोजन, हेमन्त शर्मा र मेलिना राईको गायन तथा शर्माकै शब्द, संगीत रहेको छ । भिडियो भने मौसम हिमालीले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा फुटबलर डोना थापा मगर, ललना चिमरिया, रजनी गुरुङ, एलिस राईको अभिनय रहेको छ ।
