कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

‘स्त्री–२’ बन्यो भारतमा सर्वाधिक कमाइ गर्ने फिल्म

आश्विन ३, २०८१
‘स्त्री–२’ बन्यो भारतमा सर्वाधिक कमाइ गर्ने फिल्म

काठमाडौँ —  राजकुमार राव र श्रद्धा कपुर अभिनीत ‘स्त्री–२’ भारतमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ । एक महिनाअघि प्रदर्शनमा आएको यो ‘हरर–कमेडी’ फिल्मले हालसम्म ५ सय ८६ करोड भारु कमाइ गरेको हो । 

‘स्त्री–२’ ले कमाइमा साहरूख खान अभिनीत ‘जवान’ लाई पनि उछिनेको भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले जनाएको छ । ‘जवान’ले ५ सय ८२ करोड भारु कलेक्सनसहित भारतमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको थियो । ‘स्त्री–२’ यसअघि ‘बाहुबली’, ‘एनिमल’, ‘गदर २’ जस्ता धेरै कमाइ गर्ने फिल्मलाई पछि पारेको थियो ।

यो फिल्म ‘स्त्री’ को ‘सिक्वेल’ हो । ‘स्त्री–२’ फिल्ममा राजकुमार र श्रद्धासँगै पंकज त्रिपाठी, अभिषेक बनर्जी लगायतको अभिनय छ । भारतीय स्वतन्त्रता दिवसमा थप दुई ठूला फिल्मसहित रिलिज भएको ‘स्त्री–२’ को समीक्षात्मक टिप्पणी पनि सुखद छ । फिल्ममा राजकुमारले दिएको ‘कमिक टाइमिङ’को अधिकांशले प्रशंसा गरेका छन् ।

प्रकाशित : आश्विन ३, २०८१ ०५:५८
x
×