राईको ‘पापी मान्छे-३’

असार २८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्माता राजकुमार राई ५ वर्षपछि फिल्म निर्माणमा फर्किने भएका छन् । राईले नयाँ फिल्म निर्माणको घोषणा गर्दै फिल्मको मुख्य पात्र चिम्पान्जी हुने जनाएका छन् ।

उनको नयाँ फिल्मको नाम भने ‘पापी मान्छे–३’ हो । ६ वर्षअघि राईले ‘वान वे’ फिल्म निर्माण गरेका थिए । 

फिल्म जनकदीप पराजुलीको निर्देशनमा तयार हुने बताइएको छ । उनी एक दशकपछि निर्देशनमा फर्कन लागेका हुन् । तर ‘एनिमल राइट्स’ का कारण जनावरलाई सिनेमामा खेलाउन नपाइने भएकाले चिम्पान्जीका लागि भीएफएक्सको प्रयोग गरिने पराजुलीको भनाइ छ । 

फिल्मको छायांकन यसै वर्ष हुने र अर्को वर्ष रिलिज गरिने निर्देशक पराजुलीको भनाइ छ । उनका अनुसार फिल्ममा विदेशी कलाकारको समेत अभिनय रहनेछ । तर ती कलाकार को–को हुनेछन् भन्नेबारे उनले केही उल्लेख गरेका छैनन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully