काठमाडौँ — बलिउड अभिनेत्री काजोलको डेब्यु वेबसिरिजको सोमबार ट्रेलर सार्वजनिक गरिएको छ । वेबसिरिज ‘द ट्रायल : प्यार कानुन धोका’ को ट्रेलर डिज्नी प्लस हटस्टार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
कोर्ट रुम ड्रामा ‘द ट्रायल : प्यार कानुन धोका’ को ट्रेलर दुई मिनेट लामो छ । सिरिजमा काजोल वकिल नोयोनिका सेनगुप्ताको भूमिकामा छन् । अभिनेता जिसु सेनगुप्ता एडिसनल न्यायाधीश राजीव सेनगुप्ताको भूमिकामा छन् । सिरिजमा उनी काजोलका श्रीमान् बनेका छन् ।
अदालतको फैसला परिवर्तनका लागि राजीव यौन क्रियाकलापमा संलग्न रहेको सार्वजनिक भएपछि उनको सम्पत्ति जफत हुन्छ । नोयोनिकाले त्यसपछि वकालत गर्न सुरु गरेकी हुन्छिन् । सिरिज डिज्नी प्लस हटस्टारमा १४ जुलाईदेखि हेर्न सकिन्छ ।
