सौगात र अर्पणको नयाँ फिल्म

वैशाख १४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेता सौगात मल्ल र अर्पण थापाको मुख्य भूमिकामा फिल्म ‘चोर पुलिस : टम एन्ड जेरी’ निर्माण हुने भएको छ । फिल्मको निर्देशन मुकुन्द भट्टले गर्दै छन् । 

फिल्म निर्माण टिमले बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘चोर पुलिस : टम एन्ड जेरी’ को औपचारिक घोषणा गरेका हुन् । म्याक मिडिया एन्ड सर्विसेस प्रालिले निर्माण गर्ने फिल्म कमेडी जनरामा बन्नेछ ।

फिल्मलाई सुदीपचन्द्र बख्रेलले निर्माण गर्न लागेका हुन् । फिल्ममा सौगात र अर्पणसँगै शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुप विक्रम शाही, कामेश्वर चौरसिया, सुपर गुरुङ, इन्दप्रसाद खरेल, प्रमिला उप्रेतीलगायतका कलाकारको अभिनय रहने जनाइएको छ । फिल्मका लागि अभिनेत्री छनोट गर्न बाँकी रहेको निर्देशक भट्टले बताए । 

फिल्मको कथा लेखनमा भने निर्देशक भट्टलाई नरेशनाथ योगी र सुमन सुनारले साथ दिएका छन् । पुरुषोत्तम प्रधानले छायांकन गर्ने फिल्मको सुटिङ नेपालबाहेक अमेरिका, क्यानडा र अस्ट्रेलियामा हुने जनाइएको छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully