‘सतीदेवी’ मा मलिका

वैशाख १२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा फिल्म ‘सतीदेवी’ निर्माण हुने भएको छ । काठमाडौंको भद्रकालीस्थित मन्दिरमा शुभमुहूर्त गरेसँगै फिल्मको छायांकन सुरु गरिएको छ । 

निर्देशक सुवेदीले सामाजिक सञ्जालमा तस्बिरहरू सार्वजनिक गर्दै फिल्मको छायांकन सुरु भएको जनाएका हुन् । फिल्मको नाम ‘सतीदेवी’ भए पनि कथावस्तु भने हिन्दुधर्मकी देवी सतीदेवीबारे नभएको सुवेदीले जनाएका छन् । उनका अनुसार ‘सतीदेवी’ एक ग्रामीण युवतीको संघर्षमा आधारित कथा हो ।

फिल्ममा मलिका महत, भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनीषा सापकोटा, सुजिता सिवाकोटी, सन्दीपबाबु लोहनीलगायत कलाकारको भूमिका रहनेछ । मलिकाले ‘यात्रा’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन् । उनको पछिल्लो फिल्म ‘पानीफोटो’ हो । फिल्म दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा निर्माण हुन लागेको हो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully