नमिताले ल्याइन् ‘चाइने जो रेलीमै’

वैशाख १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — दीपेश श्रेष्ठ र अस्मिता अधिकारीको स्वरमा ‘चाइने जो रेलीमै’ बोलको गीत सार्वजनिक भएको छ । लोक पप शैलीको गीतमा शब्द र संगीत भीम बीसीको छ । गीतको भिडियोमा रियालिटी शो प्रस्तोता रिमा विश्वकर्मा र बिजु पार्कीले अभिनय गरेका छन् ।

साईराम पिक्चर युट्युबमार्फत रिलिज गरिएको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन बिजी आग्रीले गरेका हुन् भने सञ्जय विश्वकर्माले कोरियोग्राफी गरेका छन् । 

सुन्दर परिवेशमा तयार पारिएको भिडियोको छायांकन गरेका हुन् ज्ञानेन्द्र शर्माले । भिडियोको सम्पादन तथा रंग संयोजन सम्पादक टेकेन शाहले गरेका हुन् । प्रवासमा बसेर पनि नेपाली कला, संस्कृति र पहिचानलाई माया गर्ने गायक दीपेश श्रेष्ठले यसअघि पनि ‘उडी उडी’ बोलको गीतमा आवाज दिएका थिए । 

गीतको भिडियो आमदर्शकमाझ ल्याउने भूमिका भने निर्माता नमिता शर्माले गरेकी हुन् । आफू र दीपेश श्रेष्ठ मिलेर निकट भविष्यमै पुनः चलचित्र निर्माण गर्ने उनको भनाइ छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully