राष्ट्रिय मान्यता प्राप्त दललाई सरकारी अनुदान दिइने 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न यस्तो व्यवस्था गर्न लागिएको बताए ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Government grants will be provided to nationally recognized parties.

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय मान्यता प्राप्त दललाई सरकारी अनुदान दिइने बजेटमा व्यवस्था गरेका छन् ।

संसदमा बजेट प्रस्तुत गर्दै उनले भने, 'राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गरिनेछ । स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुलाई पछिल्लो आम निर्वाचनको मतका आधारमा सरकारी अनुदान दिने बृहत् बहस गर्नेछौं,' उनले भने । यसरी उपलब्ध हुने रकमको लेखा परीक्षण महालेखा परीक्षकबाट हुने व्यवस्था मिलाइनेछ ।

बजेट ०८३/८४

कान्तिपुर

Link copied successfully