तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले 'टेक एन्ड पे मार्फ' पीपीए गर्ने भनेका थिए, त्यसयता स्वत: पीपीए हुँदै आएको १० मेगावाटसम्मका आयोजनाको पीपीए रोकिएको थियो ।
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले १० मेगावाटभन्दा कम क्षमतामा आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) तत्काल गर्ने बताएका छन् ।
आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै वाग्लेले यस्तो बताएका हुन् । चालु आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नदी प्रवाही जलविद्युत् आयोजनाको टेक एन्ड पे मार्फ पीपीए गर्ने भनेका थिए । त्यसयता स्वत: पीपीए हुँदै आएको १० मेगावाटसम्मका आयोजनाको पीपीए पनि रोकिएको थियो ।
