३१ निकाय खारेजी, ६ निकाय मर्जर, १८ निकाय पुनर्संरचना गरिने

अभूतपूर्व मितव्ययिता अपनाइएको र त्यसबाट २० अर्ब बचत हुने प्रारम्भिक अनुमान रहेको मन्त्री वाग्लेले बताए ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

31 agencies will be abolished, 6 agencies will be merged, and 18 agencies will be restructured.

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी निकायको विद्यमान बोझिलो संगठन संरचना चुस्त बनाइने बताएका छन् ।

मन्त्रालयको संख्या घटाइएको र त्यसैअनुसार मन्त्रालय तथा विभागका दरबन्दी कटौतीबाट संरचनालाई चुस्त पारिने उनले बजेट भाषणका क्रममा बताए । विभाग, कार्यालय तथा दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति सरकारले लिएको उनको भनाइ छ । 

३१ निकायलाई खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण र १८ निकायको पुनर्संरचना गर्न लागिएको अर्थमन्त्री वाग्लेले बताए । कर्मचारी, सेना, प्रहरी र शिक्षकको सम्मानजक रुपले निरन्तर तलब वृद्धि गरिने व्यवस्था मिलाइने बजेटमा घोषणा गरिएको छ ।

साधारण खर्च घटाइने उनले भनेका छन् । अभूतपूर्व मितव्ययिता अपनाइएको र त्यसबाट २० अर्ब बचत हुने प्रारम्भिक अनुमान रहेको मन्त्री वाग्लेले बताए ।

कान्तिपुर

Link copied successfully