२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइयो, ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज

औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने गरी घटाएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Customs duty reduced on 273 types of raw materials, excise duty abolished on 360 items

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुस घटाएको बताएका छन् । उनले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको बताए ।

संघीय संसद्‌मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्कसमेत खारेज गरिएको बताए ।

कान्तिपुर

Link copied successfully