हाल अधिकतम ३९ प्रतिशतसम्म आय कर लाग्ने व्यवस्था छ ।
काठमाडौँ — सरकारले व्यक्तिगत आयकरको तल्लो सीमा ५ लाखबाट बढाएर १० लाख बनाइएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले कर नलाग्ने ५ लाखको सीमा बढाएर १० लाख रुपैयाँ पुर्याएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जनाएका हुन् ।
यस्तै आयकरको अधिकतम दर १० प्रतिशत बिन्दुले घटाइएको अर्थमन्त्री वाग्लेले बताए । हाल अधिकतम ३९ प्रतिशतसम्म आय कर लाग्ने व्यवस्था छ ।
