नेपाल टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशतमा झारिने

बाँकी सेयर आगामी पुस मसान्तरभित्र सर्वसाधारणका लागि खुल्ला गरिने

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Government ownership in Nepal Telecom to be reduced to 66 percent

काठमाडौँ — सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा आफ्नो स्वामित्व ६६ प्रतिशत मात्र कायम राखी बाँकी सेयर जनस्तरमा विस्तार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

अर्थमन्त्री वाग्लेका अनुसार सरकारको नियन्त्रणमा रहेको सेयरमध्ये ६६ प्रतिशत सरकारको स्वामित्वमा सुरक्षित राखिनेछ भने बाँकी सेयर आगामी पुस मसान्तरभित्र सर्वसाधारणका लागि खुल्ला गरिनेछ । हाल नेपाल टेलिकममा सरकारको स्वामित्व ९१ परातिशत रहेको छ ।

सेयर बिक्रीबाट संकलन हुने रकम नेपाललाई सूचना प्रविधि हब बनाउने लगाइने उनले भनेका छन् ।  सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा सरकारले 'अर्जुन दृष्टि' राखेको अर्थमन्त्री वाग्लेले बताए । 

कान्तिपुर

Link copied successfully