भौतिक पूर्वाधार पुनर्निर्माण कोषबाहेकमा पैसा जम्मा नगर्न अर्थ मन्त्रालयको अनुरोध 

पुनर्निर्माणको नाममा अनेक नक्कली खाता खुलेको सूचनाका आधारमा मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

Ministry of Finance's request not to collect money except for physical infrastructure reconstruction fund

काठमाडौँ — भौतिक पूर्वाधार पुनर्निर्माण कोषबाहेकमा पैसा जम्मा नगर्न अर्थ मन्त्रालयले अनुरोध गरेको छ । पुनर्निर्माणको नाममा अनेक नक्कली खाता खुलेको सूचनाका आधारमा मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

'सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमुक्त नेपालको पवित्र माग सहित मिति २०८२ भाद्र २३ र २४ गते भएको जेन-जि आन्दोलनको क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिहरुका लागि स्वदेश तथा विदेशमा रहँदासमेत रहन सक्ने विभिन्न गैर सरकारी संघ संस्थाहरुसँग जम्मा भइरहेको जानकारी प्राप्त भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,' मन्त्रालयले भनेको छ, 'समानान्तर र अपरिचालित खाता संचालनको प्रयोगबाट हुने अनियमितता न्यूनीकरणका लागि नेपाल सरकार कटिबद्ध रहेको छ।'

नेपाल सरकारले राहत, पुनर्निर्माण र आर्थिक पुनःस्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरी सहयोग प्रदान गर्ने निर्णय गरेको छ। सोही अनुसार देश तथा विदेशमा रहेका प्रयोजनका लागि सहिद र घाइतेहरुको राहत रकम बुझाउन इच्छुक व्यक्ति वा संस्थाले निम्न खातामा मात्र रकम जम्मा गर्न मन्त्रालयले अनुरोध गरेको छ।

यस कोषमा जम्मा हुने रकमबाट राहत र पुनर्निर्माणका साथै जेन-जी सहिद तथा घाइते परिवारका प्रतिनिधिहरु सम्मिलित सहमतीय समितिको सुझाव अनुसार रकमको सदुपयोग गरिने ब्यवस्था सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।

योगदान रकम जम्मा गर्ने बैंक खाताको विवरण:-

खाताको नाम: भौतिक पूर्वाधार पुनर्निर्माण कोष

(PHYSICAL INFRASTRUCTURE RECONSTRUCTION FUND)

बैंकको नाम: राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार, काठमाडौं

खाता नं.: 196010012007004

SWIFT CODE: RBBANPKA

वर्षाकाे विपत्ति

कान्तिपुर

Link copied successfully