नाइमा मोबिलिटी एक्स्पोमा अफरै अफर

दुई र चारपांग्रे सवारी ब्रान्डका नयाँ मोडलसँगै अफर सार्वजनिक, बिहान ११ देखि राति ८ बजेसम्म एक्स्पो सञ्चालन, साँझ ७ बजेसम्म टिकट काट्ने सुविधा 

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

Exclusive offers at the Naima Mobility Expo

What you should know

काठमाडौँ — नाइमा मोबिलिटी एक्स्पो–२०२५ मा ग्राहकलाई आकर्षित गर्न कम्पनीहरूले विभिन्न अफर सार्वजनिक गरिरहेका छन् । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बुधबारदेखि सञ्चालन गरेको पाँचदिने एक्स्पोको दोस्रो दिन कार्यालय बन्द भएर आउने ग्राहकलाई लक्ष्य गरी एक्स्पो घुम्ने अवधि पनि बढाएको छ । 

बिहीबारदेखि नाइमाले एक्स्पोको समय अवधि बिहान ११ देखि राति ८ बजेसम्म राखेको छ । सरकारी एवं गैरसरकारी कार्यालय बन्द भएपछि पनि एक्स्पो भिजिट गर्न सकिने गरी थप एक घण्टा समय थपिएको नाइमाको मिडिया एन्ड मार्केटिङ कन्सल्टेन्ट प्रतीक अर्यालले बताए । ‘टिकट काउन्टर बिहानदेखि साँझ ७ बजेसम्म खुला रहनेछ,’ उनले भने, ‘अफिस बन्द भएपछि आउने ग्राहकलाई हेरेर समय बढाइएको हो ।’ पाँच दिनसम्म चल्ने प्रदर्शनी ८० हजारले अवलोकन गर्ने नाइमाले अपेक्षा गरेको छ । पहिलो दिन १५ हजारले प्रदर्शनीको अवलोकन गर्दा दोस्रो दिन १३ हजार सहभागी भएको नाइमाले जनाएको छ ।

एक्स्पोको पहिलो दिन प्रायः कम्पनीले गाडीका नयाँ मोडल सार्वजनिक गरेका थिए । दोस्रो दिन नयाँ मोडलसँगै अफर सार्वजनिक गरिएको छ । प्रायः कम्पनीले नाइमा एक्स्पोमा दिएको अफर आउने दसैंतिहारसम्म रहनेसमेत बताएका छन् । 

Exclusive offers at the Naima Mobility Expoहुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले एक्स्पोको अवसरमा ‘हुन्डाई असम अगस्ट’ योजना सुरु गरेको छ । यसमा ग्राहकले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । यस योजनाअन्तर्गत ग्राहकले हुन्डाईका गाडी किन्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बिमा र विशेष छुट प्राप्त गर्नेछन् । सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

मोर्बिडेली नेपालले नाइमा मोबिलिटी एक्स्पोमा आफ्ना टी३५२एक्स र टी२५२एक्स मोडलका दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकल नेपालका भूभाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ । टी३५२एक्स र टी२५२एक्समार्फत नेपाली राइडरलाई 

अन्तर्राष्ट्रियस्तरको साहसिक अनुभव दिने लक्ष्यसहित आफूहरू अघि बढेको कम्पनीको भनाइ छ । यसको सोरुम मूल्य ९ लाख ९७ हजार रहे पनि एक्स्पो अफर मूल्य ९ लाख २३ हजार रहेको कम्पनीले जनाएको छ ।

प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एक्स्पोमा नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफर ल्याएको छ । एक्स्पोमा प्रोटोन इमास ७ किन्ने ग्राहकले ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलेज वारेन्टी, २ लाख ९९ हजार रुपैयाँको नगद छुट, निःशुल्क अटो प्लस बिमालगायत सुविधा ल्याएको कम्पनीले बताएको छ । जगदम्बा फाइनान्सिङमार्फत ४ वर्षका लागि शून्य ब्याजदर, इमास असिस्टेन्ट प्लस सेवा पनि रहेको कम्पनीले जनाएको छ ।

एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नाइमा एक्स्पो अवधिका लागि विभिन्न अफरहरू घोषणा गरेको छ । एमजी४ ईभी, एमजी एस५ ईभी, विन्डसर ईभी, कमेट ईभी र एमजी आईएम६ जस्ता चर्चित मोडेलमा ४ लाख रुपैयाँसम्मको छुट पाइने कम्पनीले जनाएको छ । निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र प्रत्येक खरिदमा ३ किलोवाट वा ७ किलोवाट चार्जर निःशुल्क पाइनेजस्ता आकर्षक सुविधा छन् ।

एसपीजी अटोमोबाइल्स प्रालिले नाइमा एक्स्पो विशेष अफरअन्तर्गत जेइको जे–५ को मूल्य एमआरपी ६० लाख ९९ हजार तोकिएको भए तापनि ग्राहकले ५६ लाख ९९ हजारमा बुकिङ गर्न सक्ने बताएको छ । कम्पनीले ओमोडा ई५ को सुरुवाती मूल्य ६१ लाख ९९ हजार रुपैयाँ भए पनि ५४ लाख ९९ हजारमा बुक गर्न सकिने जनाएको छ । ओमोडा र जेइकोका कुनै पनि मोडेल बुक गर्ने सबै ग्राहकले विशेष छुट र अफर पाउनेछन् । 

जिकर ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले पनि नाइमा एक्स्पोमा विशेष छुट योजना ल्याएको छ । ग्राहकका लागि विशेष अफरसहित जिकर एक्स ८४ लाख ९९ हजारको सवारी ६९ लाख ९९ हजारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । एक्स्पोमा जिकर एक्स बुक गर्ने ग्राहकले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी पनि प्राप्त गर्ने कम्पनीले बताएको छ । सांग्रिला मोटर्स प्रालिले लिपमोटर ब्रान्डको ‘बी१०’ ईभी सार्वजनिक गरेको छ । सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । बी१० मा १६० किलोवाट क्षमताको मोटर तथा ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । एक पटकको पूरै चार्जमा ४६० किलोमिटर यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

सीएफ मोटो र जिहोको नेपालका लागि आधिकारिक विक्रेता ऋषि ट्रेड सेन्टरले एक्स्पोमा दुई नयाँ मोडल ३०० एनके र ४५० एसआरएस सार्वजनिक गर्दै विशेष अफर ल्याएको हो । एक्स्पोमा सीएफ मोटो/जिहोको बाइक वा स्कुटर बुकिङ वा खरिद गर्दा ५० हजारसम्म छुट, प्रिभिलेज कार्ड, ५ वर्षको वारेन्टीलगायत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

एलएक्सजी मोटर्सले चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ अन्तर्गतका दुई नयाँ इलेक्ट्रिक भ्यान बजारमा ल्याएको छ । एक्स्पोमा ‘केभान १’ को मूल्य ५८ लाख ५६ हजार र ‘केभान २’ भ्यानको ६३ लाख ६ हजार रुपैयाँ तोकिएको छ । १५ र १६ सिट क्षमतामा उपलब्ध यी भ्यान स्कुल तथा व्यावसायिक प्रयोजनका लागि रहेको कम्पनीको भनाइ छ । ५३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको यी ईभी भ्यानले एक पटक चार्ज गर्दा तीन सय किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्ने कम्पनीले बताएको छ । 

केटीएम नेपालले नयाँ ६ मोटरसाइकलको मोडल सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका मोडलको मूल्य २०० ड्युक ५ लाख ९९ हजार ९ सय, २५० ड्युक ७ लाख १४ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार ३९० ड्युकको ९ लाख ४९ हजार ९ सय, २५० एडभेन्चरको ७ लाख ४९ हजार ९ सय र ३९० एडभेन्चरको १० लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस्तै ३९० इन्ड्युरो आर ९ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । पीच सडक तथा अफ–रोड दुवै यात्राका लागि उपयुक्त रहेका यी मोडलमा स्मार्ट विशेषतासहितको टीएफटी डिस्प्ले, ट्र्याक्सन कन्ट्रोल, एबीएसलगायत प्रविधि समावेश छन् ।

निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नाइमा एक्स्पोका अवसरमा ‘निसान फेस्टिभ डिल’ नामक विशेष छुट योजना ल्याएको छ । कम्पनीले सार्वजनिक गरेको छुट एक्स्पोसँगै आगामी चाडपर्व लक्षित गरिएको छ । ग्राहकले मात्र ६ लाख ८० हजार डाउनपेमेन्टमा म्याग्नाइट खरिद गर्न सक्नेल कम्पनीले जनाएको छ । नगद छुट, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, एक वर्षको निःशुल्क बिमा, निःशुल्क रोड कर सुविधा र नाइमा एक्स्पो विशेष छुट दिइएको छ । कम्पनीका अनुसार ग्राहकले सजिलो फाइनान्सिङमार्फत म्याग्नाइट खरिद गर्न सक्नेछन् । निसान लिफमा ग्राहकले अधिकतम २० लाख १५ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् । निसान अर्बनमा शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा छ ।

अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटोइन्कले नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस’ सार्वजनिक गरेको छ । कम्पनीले बीजी आरयूभी३५० र बीजी सी१२ गरी दुई मोडल सार्वजनिक गरेको हो । बीजी आरयूभी ३५० मा आईर्ई–एक्स भेरिएन्टको मूल्य २ लाख ७९ हजार ४ सय र म्याक्स भेरिएन्टको मूल्य ३ लाख २५ हजार ३ सय रुपैयाँ तोकिएको छ । बीजी सी१२ मा आईई–एक्सको २ लाख २८ हजार ४ सय रुपैयाँ र म्याक्स ३‍.० को मूल्य ३ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

कान्तिपुर

Link copied successfully