काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले निर्देशिकामा आउने कुराहरू बजेटमा आएको आरोप लगाएका छन् । आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक शाहीले राष्ट्र बैंकको निर्देशिकाले ल्याउने कुराहरू बजेटमा ल्याइएको बताएका हुन् ।
'यो बजेटमा निर्देशिकामा आउने कुरा बजेटमा आएको छ । राष्ट्र बैंकले निर्देशिकामा ल्याउने कुराहरु बजेटमा ल्याइएको छ । बजेट पुरातनवादी नै छ केही नयाँ छैन । काम गर्नका लागि एउटा कर्मकाण्ड हो बजेट पनि कर्मकाण्डी नै छ,' उनले भने ।
