मिल्टन कलेजमा ‘हाम्रो बजार’

भाद्र ४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको निःशुल्क अनलाइन क्लासिफाइड मार्केटप्लेस ‘हाम्रो बजार’ ले आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित मिल्टन इन्टरनेसनल कलेजमा विद्यार्थी साझेदारी कार्यक्रम गरेको छ । विद्यार्थी र उद्योग विज्ञहरूबीचको खाडल कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

हाम्रो बजार र यसका साझेदारहरू : बजाज पल्सर र नेपकम सर्भिसेसको परिचयसँगै सुरु भएको कार्यक्रममा कतार एयरवेज नेपालका प्रबन्धक सारिक बोगटीले व्यावसयिक यात्रा र चुनौतीबारे बताएका थिए । उद्योग तथा व्यापारिक क्षेत्रमा क्रियाशील हुनुअघि प्रत्येक व्यक्तिले आफ्नो सीप र काम गर्न चाहेको क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

आफूले स्नातकोत्तरसम्मको अध्ययनपछि मात्र व्यावसायिक क्षेत्रमा प्रवेश गरेको र बाल्यकालको रुचिअनुसारको क्षेत्र भएकाले सफलता मिलेको बोगटीले बताए । त्यसका साथै, उनले कर्पोरेट कार्य संस्कृतिबारे विद्यार्थीमाझ आफ्नो अनुभवसमेत बाँडेका थिए । 

वर्तमान समयमा सूचना प्रविधिको महत्त्वलाई जोड दिँदै भावी उद्यमीलाई जिज्ञासु र बलियो बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ । ‘हाम्रो बजार’ ले एक वर्षभित्र विभिन्न शैक्षिक संस्थामा एक सयवटा विद्यार्थी साझेदारी कार्यक्रम गर्ने योजना बनाएको छ । अर्को कार्यक्रम अगस्ट २१ मा एक्मी कलेज अफ इन्जिनियरिङमा हुने दीपेश मिश्रले बताए । 

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully