मौद्रिक नीति सार्वजनिक हुँदै  

श्रावण २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ को असरले ऋण तिर्न नसक्ने ऋणीलाई विशेष सुविधासहित आउने बताइएको चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्न सुरु गरेका छन् । यसको प्रत्यक्ष प्रसारण सुरु भएको छ । 

बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने निर्णय गरेको हो । मौद्रिक नीतिमा प्राथमिकता प्राप्त क्षेत्र अन्तरगत कृषि, उर्जा, पर्यटनलयागतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रुपमा कर्जा प्रवाह गर्नु पर्ने व्यवस्थामा केही परिमार्जन गरिएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाकलाई नगद लाभांश वितरणलाई निरुत्साहित गर्दै बोनस सेयर वितरणलाई प्रोत्साहन गर्न लागिएको छ ।  कोभिडबाट प्रभावित ऋणीलाई सावा र ब्याज भुक्तानीकालागि  तीन महिना देखि एक वर्षसम्म समयावधि पाउने भएका छन् । 

मौद्रिक नीति

कान्तिपुर

Link copied successfully