१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मौद्रिक नीति सार्वजनिक हुँदै  

काठमाडौँ — कोभिड–१९ को असरले ऋण तिर्न नसक्ने ऋणीलाई विशेष सुविधासहित आउने बताइएको चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्न सुरु गरेका छन् । यसको प्रत्यक्ष प्रसारण सुरु भएको छ । 

मौद्रिक नीति सार्वजनिक हुँदै  

बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने निर्णय गरेको हो । मौद्रिक नीतिमा प्राथमिकता प्राप्त क्षेत्र अन्तरगत कृषि, उर्जा, पर्यटनलयागतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रुपमा कर्जा प्रवाह गर्नु पर्ने व्यवस्थामा केही परिमार्जन गरिएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाकलाई नगद लाभांश वितरणलाई निरुत्साहित गर्दै बोनस सेयर वितरणलाई प्रोत्साहन गर्न लागिएको छ । कोभिडबाट प्रभावित ऋणीलाई सावा र ब्याज भुक्तानीकालागि तीन महिना देखि एक वर्षसम्म समयावधि पाउने भएका छन् ।

प्रकाशित : श्रावण २, २०७७ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?