पार्टीको लेन्सबाट पनि चीनलाई बुझौँ- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टीको लेन्सबाट पनि चीनलाई बुझौँ

अनेका रेबेका राजभण्डारी

द अरनिको प्रोजेक्ट वास्तवमा एक व्यक्तिगत पहल हो र म एक सहसंस्थापक पनि हुँ । जब हामी मानिसहरूलाई भन्यौं कि हामीले चीनमा अध्ययन गर्‍यौँ । उनीहरूले तुरुन्तै यस विषयमा चिनियाँहरू के सोचिरहेका छन् भनेर सोध्छन् ।

र, पक्कै पनि हामी सबैको यसमा दृष्टिकोण छ । तर हामीले बुझेका छौं कि मानिसहरूको आफ्नै दृष्टिकोण पनि हुनुपर्छ । यो हामीले सुरु गरेको व्यक्तिगत पहल हो । जसको उद्देश्य दुई वटा काम गर्छ । त्यो हामी सबैलाई थाहा छ, चीनमा पहिलो इन्टरनेट र दोस्रो भाषा मुख्य कुरा हो । हामीले चिनियाँ भाषाका नेपाल सम्बन्धित सामग्री अंग्रेजीमा अनुवाद गरेर मानिसहरूलाई चीनका बारेमा आफ्नो दृष्टिकोण चिनियाँ परिप्रेक्ष्य बुझ्न सहज हुन्छ । चिनियाँ धारणाहरू अनुवाद गर्दा पश्चिमीको दृष्टिकोणबिना नै चिनियाँ धारणा थाहा पाउन सकिन्छ ।

चीन पक्कै पनि विश्वको केन्द्रमा छ र यो विश्वसँग संलग्न छ । चीनलाई राम्ररी बुझ्न पनि विश्वले कठिनाइको सामना गरिरहेको छ । अर्को महिना अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २८ औं राष्ट्रिय महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनले चीनको भविष्यका लागि मार्गनिर्देशन गर्नेछ । हामीले अहिलेसम्म देखेको जस्तै चीन अनौठो देखिने र विचार केन्द्रित हुने अपेक्षा गर्न सक्छौं ।

यो पनि धेरै भ्रामक र चीन बुझ्न विवादास्पद छ, किनभने उनीहरुले पनि उक्त बाटो बनाएका छन् । एउटा उदाहरण, चीनले विशेष गरी भनिएको छ कि हामीले चिनियाँ मोडेल निर्यात गर्न चाहँदैनौं । चीनले एकै समयमा परामर्श कार्यक्रम, अनुभव साटासाटलगायत काम गर्छ । म साँच्चै आशा गर्दछु कि यी विकासशील देशहरूले निर्यात मोडेल तथा सफलता र असफलता बीचको भिन्नता थाहा पाउनेछन् । साथै, चीनले उही समयमा आफूमाथिको पश्चिमी प्रभावको विरोध गर्न व्यापक प्रयास गरिरहेको छ ।

अर्को समस्या प्रयासको अभाव हो । हालै गत महिना अगस्ट १ मा नेपाल र चीनले ६७औं वार्षिकोत्सव मनाउने तय भएको थियो । तर दुवै पक्षबाट कुनै पहल भएन । र, म यस प्रकारको व्यवहारलाई कूटनीतिक असफलता भन्न चाहन्छु । यो अनिच्छाका बाबजुद पनि पार्टी–टु–पार्टी सम्बन्ध आदानप्रदान धेरै भइरहेको हामीले देखेका छौं । वास्तवमा नेपाल दक्षिण एसियामा सबैभन्दा (चीनसँग) धेरै पार्टी–टु–पार्टी आदानप्रदान भएको देश हो । तसर्थ, यो निश्चित रूपमा हामीले विचार गर्नुपर्ने कुरा हो कि राज्य–राज्य सम्बन्ध मात्र होइन, तर पार्टी–पार्टी सम्बन्धबाट पनि चीनलाई हेर्दा धेरै महत्त्वपूर्ण छ ।

सन् २०१५ देखि हामीले निश्चित रूपमा नेपालमा चिनियाँ उपस्थिति देखेका छौं । तर मलाई लाग्छ कि हालसालै चीनको उपस्थिति राजनीतिक रुपमा बलियो उपस्थिति छ । म यहाँ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को उदाहरण लिन चाहन्छु ।

चिनियाँ मिडियामा भएको परिप्रेक्ष्यको थोरै अंश भन्न चाहन्छु । मैले चिनियाँ मिडियालाई नजिकबाट हेरेको छु । उनीहरूले नेपालबारे के सोच्छन्? चीन पक्कै पनि यहाँ एमसीसी पास भएकोमा दु:खी थियो । एमसीसीलाई जसरी वर्णन गरियो, यसलाई तिनीहरूको असमानतासँग तुलना गरियो र चीनले लामो समय (पश्चिमाबाट) भोग्नु परेको भोग्नुपरेको अपमान र लामो पीडासँग पनि जोडियो ।

त्यसो भए त्यहाँ एउटा उद्धरण छ । जसले मलाई साँच्चिकै स्तब्ध बनायो । यो मैले चिनियाँ मिडिया पढेँ । चीनको पूर्व नेतृत्वकर्ताको समयको अधिक सन्दर्भ प्रयोग गरिएको थियो । त्यसमा जब उक्त नेतृत्वकर्तालाई (चीनको) लाई असमान सन्धि हस्ताक्षर गर्न बाध्य पारियो । यसको मूलत: अर्थ हामीसँग राज्यको कुनै कूटनीति छैन भन्न खोजेको छ । एमसीसी पास गरेपछि हामीले अहिलेसम्म त्यस विषयलाई कसरी लिएको छौं ।

मैले पहिले नै जोड दिएको छु कि चीनको सन्दर्भमा हामीले चीनलाई बुझ्नका लागि पार्टी–टु–पार्टी सम्बन्धलाई पनि हेर्नुपर्छ । किनभने उनीहरूले भनेका छन् कि यदि सीपीसी छैन भने नयाँ चीन हुँदैन । हामीले पार्टीको लेन्सबाट पनि चीनलाई बुझ्नु पर्छ ।

हामीलाई हाम्रा छिमेकीहरूबारे त्यति धेरै थाहा छैन । मेरो वरिपरि भएका साथीहरु जो चीन गएका छन् । वास्तवमा जनता (नेपाली) ले चीन गएर मिडियामा देखेका कुराहरू अनुभव गर्नुपर्छ । मानिसहरूले अझै पनि चीनलाई धेरै रहस्यमय ठान्छन् । नेपालमा धेरै चिनियाँहरू छन् । हामीलाई थाहा छ, तिनीहरू वास्तवमै हाम्रो समाजमा समाहित छैनन् । त्यसैले ठमेल ‘चाइना टाउन’ भन्दा बढी देखिन्छ ।

मलाई लाग्छ कि यहाँ समस्या यही हो कि वास्तवमा किन त्यहाँ अझै पनि डर छ वा मानिसहरूले किन चिनियाँहरू यति रहस्यमय छन् । साइबर अपराधका बारेमा हेरेका समाचारहरू जसले निश्चित रूपमा चीनको छविलाई असर गर्छ । चिनियाँ जनताबाट पनि आफ्नो छवि बनाउन दूतावास (काठमाडौंस्थित चिनियाँ दुतावास) को प्रयासको कमी छ । वास्तवमा तिनीहरू (चिनियाँहरु) अन्य पक्षहरूमा बढी केन्द्रित छन् ।

-अरनिको प्रोजेक्टकी सहसंस्थापक अनेका राजभण्डारीले कान्तिपुर कन्क्लेभ-२०२२ को 'नेपाल र विश्व' सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन १, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्

नेपालका लागि हिमालयन अध्ययन महत्त्वपूर्ण

इकबालसिंह सेवे

इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज राष्ट्रिय विश्वविद्यालय, सिंगापुरसँग सम्बन्धित संस्था हो । हामी भूराजनीति बहुपक्षीयतालगायतका विषयगत मुद्दाहरूमा केन्द्रित समसामयिक दक्षिण एसियाको अध्ययन गर्छौं । हामी व्यापार र अर्थतन्त्र हेर्छौं । हामी कनेक्टिभिटीका विषय हेर्छौं । हामी डायस्पोरालाई पनि हेर्छौं ।

र, हामीले हालै दिगोपन र जलवायु परिवर्तनमा सम्पूर्ण अनुसन्धान केन्द्रितको विकासलाई प्राथमिकता दिइरहेका छौं । म दुईवटा विषयमा कुरा गर्छ । पहिलो, नेपालको अध्ययन कसरी बनाइएको छ । र, दोस्रो नेपालको अध्ययनमा एजेन्सीको मुद्दा हो ।

छोटकरीमा विषयलाई केन्द्रित गरेर भन्दा परम्परागत रूपमा नेपालका विश्वविद्यालयहरूमा र थिंक ट्याङ्कमा पनि अनुसन्धान संस्थानहरू सधैं दक्षिण एसियाको बोर्डर अध्ययन तथा दक्षिण एसियाको जनसांख्यिकीय वास्तविकताको सन्दर्भमा भारत–पाकिस्तान, केही ठाउँ बांग्लादेश र बाँकीमा केन्द्रित छन् । सामान्यतया यसरी सिकाइएको थियो । तर, समग्रमा दक्षिण एसियाली इतिहास र राजनीतिको मार्गलाई पुनर्संरचना गर्ने विचार बढ्दै गएको छ ।

नेपालका लागि आफैंमा महत्त्वपूर्ण भएको एउटा उदाहरण हिमालयन अध्ययन, हिमालय इतिहास र हिमालयन राजनीति इत्यादि हो । यो विषय शैक्षिक पाठ्यक्रमहरू पढाउने विचार गर्न सक्छ । अब यदि तपाईंले त्यो फ्रेमलाई हेर्नुभयो भने नेपाल यस अध्ययनको केन्द्रविन्दु हो । अर्को मुद्दा यदि थिंक ट्याङ्कमा अनुसन्धान संस्थानले कनेक्टिभिटी, दिगोपन र ऊर्जा आदि विषयगत मुद्दाहरूमा फोकस बढायो भने मलाई लाग्छ संस्थानको संख्या पछिल्लो समय यी सबै विषयहरूका लागि नेपाल धेरै महत्त्वपूर्ण छ भन्ने महसुस भइरहेको छ ।

अब एजेन्सीका विषयहरूमा छोटकरीमा, धेरै थिंक ट्याङ्क संस्थानहरूमा नेपालको अध्ययन अझै पनि यसलाई चीनले के गरिरहेको छ र भारतले के गरिरहेको छ आदिसँग ‘रिएक्टर’ भएकोसँग जोडिएको छ । मलाई लाग्छ कि हामीले नेपाल सक्रिय सहभागितालाई हेर्नुपर्छ । बहुपक्षीय फोरमहरूमा र यसले नयाँ बहुपक्षीय संस्थालाई कसरी प्रतिक्रिया दिनेछ तथा नयाँ पर्यावरणमा वृद्धि हुनेछ भनेर अगाडि हेर्नु पर्छ ।

मलाई लाग्छ, अध्यन संस्थाले के गर्न सक्छ भन्ने कुरा फराकिलो हुनु पर्छ । फोकस गर्नुहोस् र उनीहरूको फोकसलाई पनि संकुचित गर्नुहोस् । मलाई याद छ, सन् १९९८ मा हिमाल पत्रिकाले दक्षिण एसियाको नक्सा उल्टो प्रकाशित गरेको थियो । यसमा कुनै प्रतिक्रिया आएन र ‘ट्यागलाइन’ ले दक्षिण एसियालाई सही तरिकाले हेरेको थियो ।

हामीले दक्षिण एसियालाई हेर्ने दृष्टिकोणलाई फराकिलो बनाउनु आवश्यक छ । त्यतिकैमा मलाई लाग्छ कि संस्थानले पनि आफ्नो फोकसलाई कम गर्न आवश्यक छ । किनभने व्यापार, कनेक्टिभिटी, एक्सचेन्ज गतिशीलतामा धेरै मुद्दाहरू व्यापारिक मुद्दाहरूको केन्द्र होइन, सीमा क्षेत्रका धेरै स्थानीय मुद्दाहरू छन् । त्यसैले मलाई लाग्छ कि हामी सबै सामूहिक रूपमा संकीर्ण मुद्दाहरूको बारेमा सोच्नुपर्छ ।

-इन्स्टिच्युट अफ साउथ एसिया स्टडिज, नेसनल युनिभर्सिटी अफ सिंगापुरका निर्देशक इकबालसिंह सेवेले कान्तिपुर कन्क्लेभ-२०२२ को 'नेपाल र विश्व' सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन १, २०७९ ११:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×