चितवन-२ मा २५ हजार मत गन्न बाँकी, रवि निकटतम प्रतिस्पर्धीभन्दा २७ हजार मतले अगाडि

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनाकुमारी खरेल भन्दा २७ हजार १ सय मतले अगाडि छन् ।

फाल्गुन २३, २०८२

रमेशकुमार पौडेल

With 25,000 votes left to be counted in Chitwan-2, Ravi is ahead by 27,000 votes over his nearest competitor.

चितवन — चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनाकुमारी खरेल भन्दा २७  हजार १ सय मतले अगाडि छन् । अब चितवन-२ मा गणना हुन बाँकी मत २४ हजार ९११ मात्रै छ । गन्न बाँकी मतभन्दा लामिछाने र निकटतम प्रतिस्पर्धी उम्मेदवारबीचको मतान्तर धेरै भइसकेको छ ।

चितवन-२ मा लामिछानेको ३७ हजार ८१२ मत आइसकेको छ । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी मिनाकुमारी खरेलको १० हजार ७१२ मत आएको छ । चितवन-२ मा ६२ हजार ३१० मत गणना भइसकेको छ । बिहीबार भएको मतदानमा चितवन-२ मा ८७ हजार २२१ मत खसेको थियो ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully