मेलुङमा पहिरोको जोखिममा परेका ४ परिवारलाई सुरक्षित स्थानमा सारियो

उनीहरू सबैलाई तत्कालका लागि आफन्त र छिमेकीको घरमा स्थानान्तरण गरिएको उनले बताए ।

आश्विन १९, २०८२

केदार शिवाकोटी

4 families who were at risk of landslides in Melung were moved to a safe place

दोलखा — लगातारको वर्षाका कारण दोलखाको मेलुङ गाउँपालिका-६ मा ४ घर पहिरोको जोखिममा परेका छन् । 

पहिरोको जोखिममा परेका घरका स्थानीयलाई वडा कार्यालयले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । 

वर्षापछि घरमाथि र तल दुवैतिरबाट पहिरोले घेरेपछि स्थानीय विष्णु खत्री, मानबहादुर खत्री, बाबुराम खत्री र मतिराज खत्रीको परिवारलाई स्थानान्तरण गरिएको वडाध्यक्ष राजुकुसुम लामाले बताए ।

उनीहरू सबैलाई तत्कालका लागि आफन्त र झिमेकीको घरमा स्थानान्तरण गरिएको उनले बताए ।

केदार

Link copied successfully