दोलखा — दोलखा उत्तरी क्षेत्रको माथिल्लो तामाकोशी आयोजनाको प्रवेशमार्ग अन्तर्गत सिंगटी लामाबगर मुख्य सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।
बुधबार राति बिगु गाउँपालिका-४ गहटारमा लेदोसहितको पहिरोले सडक अवरुद्ध पारेको छ । सडक अवरुद्ध भएसँगै सवारीसाधन आवतजावत बन्द भएको छ ।
लेदोसहितको पहिरोले कुखुरा फर्म र गाई गोठमा पनि क्षति गरेको प्रहरीले जनाएको छ । सडकको पहिरोसहितको लेदो हटाएर सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।
