उत्तरगंगा नदी तर्नेक्रममा बगाएर एक जनाको मृत्यु

श्रावण ७, २०८१

रासस

One person died after being swept away by the river Uttarganga

बागलुङ — उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका रामबहादुर विक मृत फेला परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–८ निवासी ५४ वर्षीय विक आइतबार उत्तरगङ्गा नदी तर्ने क्रममा बेपत्ता भएका थिए । विक सोमबार मृत फेला पारेको प्रहरीले जनाएको छ ।

ढोरपाटन नगरपालिका–९ स्थित उत्तरगंगा नदीमा आफूले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता भएका विक सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिए । 

नदीले बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका–९ दिज स्थित उत्तरगंगा नदीको भाग मृत फेला परेको यादवले बताए । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राजकुमार विकको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

बाढीपहिरो

रासस

Link copied successfully