रामेछाप — रामेछापको जिल्ला सदरमुकाम जोड्ने पुष्पलाल मार्गमा पर्ने कुनौरी नजिक पहिरो झर्दा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । श्रेष्ठका अनुसार पहिरो पन्छाएर सडक खुलाउन अझै घण्टौं लाग्ने अवस्था छ । पहिरो पन्छाउनका लागि मन्थली नगरपालिका र सडक डिभिजन कार्यालय खुर्कोटका मेसिन दुवै तर्फबाट परिचालन गरीएको श्रेष्ठले बताए ।
सडकमा झरेको पहिरोबाट मानिसको समेत आवातजावत हुनसक्ने अवस्था नभएकाले घण्टौंदेखि सैयौं यात्रु र सवारीसाधन रोकिएका छन् ।
मन्थलीदेखि खुर्कोटसम्म कुनौरी लगायत ठाउँठाउँमा पहिरो झरेको छ । अन्य स्थानमा सामान्य पहिरो झरेकाले पन्छाउँदै यातायात सञ्चालन गराइएको छ ।
