सिन्धुली — कृषिऔजारमा धार लगाएर घर फर्किंदै गरेका एक किसान शुक्रबार साँझ बितिजोर खोलाले बगाउँदा बेपत्ता भएका छन् ।
गोलन्जोर गाउँपालिका–२ बितिजोर ५० वर्षीय पुण्यबहादुर कार्की बाढी आएको बितिजोर खोला पार गर्ने क्रममा बगेर बेपत्ता भएको स्थानीय डण्डबहादुर कार्कीले जानकारी दिए ।
बाढीले बगाएर सय मीटर तल रहेको सुनकोसी नदीमा पुर्याएर बेपत्ता भएको स्थानीयको अनुमान छ । लुम्तीबेसीमा रहेको कृषिऔजार अर्जाप्ने आरनमा गएर कार्की फर्किएका थिए ।
प्रहरी चौकी ग्वाल्टार र स्थानीय मिलेर बेपत्ता कार्कीको खोजतलास भइरहेको छ ।
