मकवानपुर — हेटौंडा उपनगरपालिकाभित्र शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक ल्याबमा गरिएको कोरोना परीक्षणमा ९५ जना मा संक्रमण पुष्टि भएको हो।
हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार भदौ २४ र २५ गते स्वाब संकलन भएका १ सय ९७ जना स्वाबको रिपोर्ट शुक्रबार साँझ प्राप्त भएको हो ।
उनका अनुसार सबैभन्दा बढी संक्रमित हेटौंडा औद्योगिक क्षेत्रका मजदुरहरु रहेका छन् । संक्रमित पुष्टि भएकामध्ये ३९ जना औद्योगिक क्षेत्रभित्रका विभिन्न उद्योगका कामदार, हेटौंडा–१० का १३ जना र हेटौंडा–४ का १२ जना रहेका छन् । ‘औद्योगिक क्षेत्रमा काम गर्ने धेरै कामदारहरु बाहिरी जिल्लाका रहेका छन् ।’, चौलागाईंले भने ।
