एकै परिवारका ७ जना संक्रमित

भाद्र १०, २०७७

कान्तिपुर संवाददाता

काभ्रे — जिल्ला समन्वय समिति काभ्रेका एक पदाधिकारीसहित उनको परिवारका ७ जनामा कोरोना पुष्टि भएको छ । बुधबार उनका परिवारसहित जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

ती पदाधिकारीको परिवारका एक सदस्यलाई भदौ ६ गते संक्रमण पुष्टि भएपछि प्रत्यक्ष सम्पर्कमा आएका अन्य सदस्यको स्वाब परीक्षण गर्दा उनीसहित ७ जनामा संक्रमण देखिएको हो ।

यसअघि संक्रमण पुष्टि भएका स्पाइनल इन्जुरी पुन:स्थापना केन्द्रका एक कर्मचारीको परिवारका थप ३ जनामा बुधबार संक्रमण पुष्टि भएको छ । 

भदौ २ गते ती कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । बुधबार थप एक सरकारी कर्मचारीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully