हिरासतमा रहेका १३ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र १०, २०७७

सन्जु पौडेल

तिलोत्तमा — इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको डीएसपी प्रतीत सिंह राठौरले बताए ।

'हिरासतमा रहेका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएकोमा ३ जना आजै छुट्ने मध्येका थिए,' उनले भने, 'उनीहरुबाहेक मंगलबार ३ र गत शुक्रबार १ प्रहरी जवानमा  संक्रमण पुष्टि भइसकेको थियो ।'

संक्रमित पुष्टि भएका थुनुवा र अन्य थुनुवाको व्यवस्थापनका विषयमा जिल्ला प्रहरी कार्यालयले छलफल जारी राखेको छ । डीएसपी राठौरका अनुसार थुनुवामा संक्रमण पुष्टि भए लगत्तै उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ ।

थुनुवालाई स्थानीय तहसँग समन्वय गरी आइसोलेसनमा पठाइने छ भने सम्पर्कमा आएका प्रहरीलाई क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully