मन्त्रीको नेतृत्वमा र्‍यापिड रेस्पोन्स टोली सिन्धुपाल्चोकमा

जेष्ठ ४, २०७७

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेश सरकारले विज्ञ संलग्न र्‍यापिड रेस्पोन्स टोली सिन्धुपाल्चोकको बाह्रबिसे पठाएको छ । बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट शनिबार मृत्यु भएपछि थप सक्रमण फैलिन नदिन विज्ञ संलग्न र्‍यापिड रेस्पोन्स टोली पठाएको हो ।

वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलालको नेतृत्वमा  विज्ञ संलग्न टोलीसहित बाह्रबिसे गएको मन्त्रालयले जनाएको छ ।  टोलीमा विज्ञ, डाक्टर र प्राविधिक रहेका छन् । टोलीले मृतकसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी आवश्यक सबैको पीसीआर परीक्षण गर्ने मन्त्री दुलालले बताए । 

दिनप्रतिदिन बढिरहेको कोरोना भाइरसको रोकथाम नियन्त्रण र थप संक्रमण फैलिन नदिनको लागि वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले र्‍यापिड  रेस्पोन्स टोली गठन गरेको छ ।  वाग्मती प्रदेशका १३ वटा जिल्लामध्ये ७ जिल्लामा कारोना भाइरसका संक्रमित फेला परेका छन् ।  कोरोना संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु पनि भइसकेको छ । 

सम्बन्धित समाचार

कोरोना भाइरसबाट पहिलो पटक नेपालमा एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा औपचारिक पुष्टि

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully