९ युवालाई ‘जेसीज उत्कृष्ट युवा पुरस्कार–२०२४’

पुस ७, २०८१

कान्तिपुर संवाददाता

9 Youth Awarded 'JC Best Youth Award-2024'

सुनसरी — जुनियर च्याम्बर इन्टरनेसनल नेपाल (जेसीज) ‘उत्कृष्ट युवा पुरस्कार–२०२४’ बाट ९ युवा पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरूमा खेल विधामा किकेट खेलाडीद्वय करण केसी, रुविना क्षेत्री, कलाकारितातर्फ पुर्णबहादुरको सारङ्गीका चर्चित कलाकार विजय बराल, पत्रकारितामार्फत देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रयास विधामा गोविन्द मरासिनी पुरस्कृत भएका हुन् ।

त्यस्तै, सामाजिक न्यायको क्षेत्रमा क्रियाशील विधामा कविता नेपाल, साहित्य विधातर्फ कुमार सिंह, आर्थिक क्षेत्रमा प्रगति गर्ने विधामा राहिव साहीवाला, विज्ञान प्रविधि विधातर्फ कपिली खनाल र संगीतविधातर्फ सरोज श्रेष्ठ छन् ।  

पुरस्कृत ९ युवालाई प्रधानमन्त्री केपी शर्मा ओली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोखरेलले प्रमाणपत्र, नगद पुरस्कार र मेडल प्रदान गरे । नेपाल जेसीजले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि पुरस्कार छनौट समिति बनाएर विभिन्न शाखाबाट सिफारिस उत्कृष्ट युवाहरूलाई छनौट गरी पुस्कृत गरेको अध्यक्ष पोखरेलले जनाए ।

करिब डेढ दशकदेखि पत्रकारितामा क्रियासिल मरासिनीले युवा, पर्यटन, कला तथा समसामयिक विषयमा विभिन्न राष्ट्रिय स्तरका पत्रिकाहरू र विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख लेख्दै आएका छन् । 

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully