कलेज टु वाच : इटहरी इन्टरनेसनल कलेजमा ‘भीम्याग’

कार्तिक ६, २०८१

कान्तिपुर संवाददाता

College to Watch: 'VMag' at Itahari International College

काठमाडौँ — नेपालभित्र रहेका विभिन्न कलेजको शिक्षाको गुणस्तर, त्यहाँको शैक्षिक वातावरण, पढाइसँगैका विभिन्न अतिरिक्त क्रियाकलाप लगायतका विषयमा विद्यार्थी तथा अभिभावकलाई निरन्तर जानकारी दिँदै आएको ‘भीम्याग’ को टोली पछिल्लो समय भीजे संजोग कोइरालाको नेतृत्वमा काठमाडौं बाहिरका कलेजमा केन्द्रित भइरहेको छ ।

यस पटक ‘भीम्याग’ मोरङको सुन्दरहरैंचा–४ स्थित दुलारीमा रहेको इटहरी इन्टरनेसनल कलेजमा पुगेको छ । 

लन्डन मेटोपोलिटन युनिभर्सिटीसँगको सहकार्यमा आईटी र बिजनेस कोर्स पढाइ हुने यस कलेज यूके युनिभर्सिटी डिग्री उपलब्ध गराउने इटहरीको पहिलो कलेज रहेको यसका सीईओ सत्यव्रत कोइरालाले बताए । उनले अध्ययनका क्रममा दिइने छात्रवृत्तिसँगै अध्ययन सकेपछि पनि कलेजले ‘पोस्ट ग्राजुएट स्कलरसिप’ दिँदै आएको बताए । 

इनोभेटिभ नेपाल ग्रुप (आईएनजी) को मुख्य सदस्यसमेत रहेको यस कलेजले पढाइसँगै सिकाइ र गराइलाई पनि आत्मसात् गर्दै विद्यार्थीलाई ‘लेक्चर–ट्युटोरियल–वर्कसप’ को अवधारणामा सिकाइरहेको बीबीए प्रोग्राम लिडर अच्युतराज भट्टराई दाबी गर्छन् ।

बीआईटीका सिनियर लेक्चरर निशेष विश्वासले यहाँका विद्यार्थीले केवल पढेर मात्रै नभई आफ्नै सक्रिय सहभागितामा विभिन्न प्रोजेक्ट तयार पार्ने गरेको बताउँदै यसले उपलब्धि हासिलसमेत भएको सुनाए । यसै कलेजका विद्यार्थी समीर फुयाँलले तयार पारेको कारोबार एप त्यसैमध्येको एक भएको विश्वासले बताए ।

कान्तिपुर

Link copied successfully