नाडा अटो शोमा फोटोनको टुनल्यान्ड

टुनल्यान्ड सहज ड्राइभिङ मन पराउने चालकहरूको रोजाइमा पर्ने कम्पनीले जनाएको छ ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Photon's Tunland at the NADA Auto Show

काठमाडौँ — फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियलले नेपालको बजारमा टुनल्यान्ड जी७ को सफल लन्चपछि नाडा अटो शो २०२५ मा फोटोन टुनल्यान्ड गाडीहरू प्रदर्शनीमा राखेका छन्। यीमध्ये टुनल्यान्ड भी९, टुनल्यान्ड जी७ र ईटुनल्यान्ड मोडलहरू विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

हाइब्रिड पिकअप टुनल्यान्ड भी९ एक मजबुत र शक्तिशाली गाडी हो, जुन हरेक किसिमका सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त छ । चाहे कामका लागि होस् वा मनोरञ्जनका लागि, साहसिक यात्रादेखि लामो दूरीको भ्रमणसम्म, यो सबैका लागि उपयुक्त मोडल रहेको विज्ञप्तिमा उल्लेख छ । 

टुनल्यान्ड जी७ नेपालमै ठूलो सफलता हासिल गरिसकेको स्टाइलिस पिकअप रहेको कम्पनीको दाबी छ । सहज ड्राइभिङ मन पराउने चालकहरूको रोजाइमा पर्ने कम्पनीले जनाएको छ ।

'आकर्षक लुक, आरामदायी इन्टेरियर र मजबुत ड्राइभिङ अनुभव प्रदान गर्दछ । यसको प्रदर्शन र आरामको स्तरले जोकोहीलाई प्रभावित पार्छ,' विज्ञप्तिमा भनिएको छ,'ईटुनल्यान्ड इलेक्ट्रिक पिकअपले टुनल्यान्डको ग्रीन भविष्यतर्फको प्रतिबद्धता देखाउँछ ।' इन्धनरहित पिकअपमार्फत टुनल्यान्डले वातावरणमैत्री विकल्प उपलब्ध गराएको छ, जसमा कम्पनीका गाडीहरूबाट अपेक्षित पावर र प्रदर्शनका विशेषताहरू यथावत राखिएको छ ।

कान्तिपुर

Link copied successfully