हरेक वर्ष यसै समयमा फुल्ने जाकारान्डा काठमाडौंका सडक, फुटपाथ र पार्कहरू रंग्याएका छन् । नीलो तथा बैजनी रंगका ज्याकारान्डालाई धेरैले शिरीषको फूल पनि भन्ने गर्थे । तर विज्ञहरूले यसको वैज्ञानिक नाम 'जाकारान्डा माइमोसिफोलिया' भएको बताएपछि आम मानिसहरू यसलाई 'जाकारान्डा' भन्ने गर्छन्