ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेप 'अस्वीकार्य' : भेनेजुएलाको पक्षमा क्युबाली राष्ट्रपति सडकमा

क्युबाको कम्युनिस्ट पार्टी (पीसीसी) का प्रथम सचिवसमेत रहेका कानेल शनिबार बिहान ‘एन्टी–इम्पेरियलिस्ट प्लेटफर्म’ मा आयोजित विरोध सभामा अग्रपंक्तिमा उभिएका थिए ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

US intervention in Latin America 'unacceptable': Cuban president takes to the streets in support of Venezuela

काठमाडौँ — क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको खुलेर विरोध गर्दै हवानामा आयोजित प्रदर्शनको नेतृत्व गरेका छन् ।

क्युबाको कम्युनिस्ट पार्टी (पीसीसी) का प्रथम सचिवसमेत रहेका कानेल शनिबार बिहान ‘एन्टी–इम्पेरियलिस्ट प्लेटफर्म’ मा आयोजित विरोध सभामा अग्रपंक्तिमा उभिएका थिए । हवानाको ‘एन्टी–इम्पेरियलिस्ट ट्रिब्युन’ स्थलमा भएको सभामा क्युबाली उच्च नेतृत्वका साथै भेनेजुएलाका कूटनीतिक प्रतिनिधिको उपस्थिति थियो ।

सभामा पिसिसीको राजनीतिक ब्युरोका सदस्यहरू, जनशक्ति राष्ट्रिय सभाका अध्यक्ष एस्टेबान लाजो हर्नान्डेज, प्रधानमन्त्री म्यानुएल मारेरो क्रुज, उपराष्ट्रपति साल्भाडोर भाल्देस मेसा, पार्टी संगठन सचिव ब्रुनो रोड्रिगेज पारिल्ला र विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लालगायत सहभागी थिए । 

सरकारी अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी, भेनेजुएलाको कूटनीतिक टोली, जनसंगठनका प्रतिनिधि र सर्वसाधारण नागरिकसमेत प्रदर्शनमा सहभागी भई भेनेजुएलाप्रति ऐक्यबद्धता जनाएका थिए ।

सभालाई सम्बोधन गर्दै वक्ताहरूले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा अमेरिकाले लिएको ‘हस्तक्षेपकारी नीति’ अस्वीकार्य रहेको धारणा राखे । हवानावासीले भेनेजुएलाको सार्वभौमसत्ता र जनताको आत्मनिर्णयको अधिकारको पक्षमा समर्थन व्यक्त गर्दै अमेरिकी कदमविरुद्ध आवाज उठाएका थिए ।

अमेरिकी कारबाहीपछि भेनेजुएलाको सेना र नागरिक राष्ट्रिय सार्वभौमसत्ता तथा भूभागीय अखण्डताको रक्षाका लागि परिचालित भएको सरकारी वक्तव्यमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully