डेल्सीले 'सही निर्णय' नगरे मदुरोभन्दा ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प

ट्रम्पले अन्य देशहरूमा पनि अमेरिकी हस्तक्षेप हुन सक्ने संकेत दिएका छन् । डेनमार्कको अधिनमा रहेको र नाटो सदस्य राष्ट्रको हिस्सा मानिने टापु ग्रीनल्यान्डबारे चर्चा गर्दै उनले भने, 'हामीलाई ग्रीनल्यान्ड चाहिन्छ ।'

पुस २१, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले 'सही निर्णय' नगरे निकोलस मदुरोभन्दा पनि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

द एटलान्टिक म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले यस्तोचेतावनी दिएका हुन् । अमेरिकी सेनाले भेनेजुएलाका नेता निकोलस मदुरो र उनकी पत्नीलाईकाराकसबाट नियन्त्रणमा लिएपछि शनिबार ट्रम्पले सुरुमा रोड्रिग्वेजको प्रशंसा गरेकाथिए । तर, रोड्रिग्वेजलेआफ्नो देशको प्राकृतिक स्रोतको रक्षा गर्ने बताएपछि ट्रम्पको बोली फेरिएको हो । 

फ्लोरिडास्थित वेस्ट पामबिच गल्फ कोर्स पुग्ने क्रममा टेलिफोन अन्तर्वार्ता दिँदै ट्रम्पले भने, 'यदि उनले सही काम गरिनन् भने,उनले निकै ठूलो मूल्य चुकाउनुपर्नेछ, सम्भवतःमदुरोभन्दा पनि ठूलो ।

मदुरोलाई बल प्रयोग गरेरनियन्त्रणमा लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले म्यागजिनसँग भनेका छन्, 'त्यहाँको पुनर्निर्माण र सत्तापरिवर्तन, तपाईँ यसलाई जेसुकै भन्नुहोस्, यो अहिलेको अवस्थाभन्दा राम्रो छ। योभन्दा खराब अरू हुन सक्दैन ।

ट्रम्पलेअन्य देशहरूमा पनि अमेरिकी हस्तक्षेप हुन सक्ने संकेत दिएका छन् । डेनमार्ककोअधिनमा रहेको र नाटो सदस्य राष्ट्रको हिस्सा मानिने टापु ग्रीनल्यान्डबारे चर्चागर्दै उनले भने, 'हामीलाई ग्रीनल्यान्ड चाहिन्छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully