सन् २०२० मा आजकै दिन : ईयूबाट बेलायतको बहिर्गमन

माघ १७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०२० मा आजकै दिन (जनवरी ३१) मा बेलायत युरोपेली संघबाट अलग भएको थियो । लामो समयको अन्योल, राजनीतिक उतारचढाव र विभाजनपछि बेलायत संघबाट औपचारिक रूपमा अलग्गिएको थियो । 

२०१६ जुन २३ मा भएको संग्रहमा ५१.९ प्रतिशत बेलायतीले युरोपेली संघबाट बहिर्गमन (ब्रेक्जिट) को पक्षमा मत दिएका थिए । उक्त मदतानको एक हजार ३ सय १८ दिनपछि ४७ वर्ष लामो सम्बन्ध अन्त्य गर्दै बेलायत ईयूबाट छुट्टिएको थियो । 

ब्रेक्जिटको विपक्षमा रहेका प्रधानमन्त्री डेभिड क्यामरुनले २०१६ को जनमत संग्रहको नतिजासँगै प्रधानमन्त्री पद त्यागेका थिए । त्यसलगत्तै टेरेजा मेले प्रधानमन्त्रीको पद सम्हालेकी थिइन् । तर उनले पनि ब्रेक्जिट सम्झौता संसद्बाट अनुमोदन गराउन नसकेपछि राजीनामा दिन बाध्य भएकी थिइन् । 

मेको राजीनामापछि प्रधानमन्त्री बनेका बोरिस जोन्सनले ‘नो–डिल ब्रेक्जिट’ (बिनासम्झौता बेलायतको बहिर्गमन) लाई अघि बढाएका थिए । उनको प्रस्ताव पनि पटक–पटक अस्वीकृत भएको थियो । जसका कारण ब्रेक्जिटको समयसीमा बढाएर ३१ जनवरीसम्म पुर्‍याइएको थियो । हालसम्म संघबाट अलग हुने बेलायत एकमात्र सार्वभौम देश हो । बेलायतको बहिर्गमनपछि संघमा आबद्ध राष्ट्र २७ छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully