काठमाडौँ — सन् १९८६ मा आजकै दिन (जनवरी २८) मा अमेरिकी अन्तरिक्ष यान विस्फोट भएको थियो । अन्तरिक्ष यान च्यालेन्जर अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरेको ७३ सेकेन्डमा विस्फोट भएको थियो । विस्फोटका कारण यानमा रहेका सबै सात जनाको ज्यान गएको थियो ।
मारिनेमा ६ जना अमेरिकी र एक इजरायली थिए । विस्फोटका कारण ज्यान गुमाउनेमा एकजना शिक्षिका म्याक औलिफसमेत थिइन् । न्यु ह्यामसायरकी उनलाई अन्तरिक्षमा पहिलो पटक सर्वसाधारणलाई लैजान योजना अनुसार छनोट गरिएको थियो । विस्फोटको समयमा च्यालेन्जर १४ हजार मिटर (४६ हजार फिट) को उचाइमा रहेको थियो ।
अन्तरिक्ष यात्राको इतिहासमै खराब मानिएको घटनापछि अमेरिकी अन्तरिक्ष संस्था नासाले विस्तृत अनुसन्धान गरेको थियो । रकेटको दाहिने इन्धन ट्यांकीमा रहेको ग्यास्केटको विफलताका कारण यान विस्फोट भएको जनाइएको थियो ।
