सन् १९६६ मा आजकै दिन : भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री 

माघ ५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९६६ मा आजकै दिन (जनवरी १९) मा भारतले पहिलो महिला प्रधानमन्त्री पाएको थियो । १९६६ जनवरी १९ मा प्रधानमन्त्री बनेकी गान्धीले जनवरी २४ देखि कार्यभार सम्हालेकी थिइन् । उनी भारतकी तेस्रो प्रधानमन्त्री हुन् । 

भारतमा उनीभन्दाअघि उनका पिता जवाहारलाल नेहरू र लालबहादुर शास्त्री प्रधानमन्त्री बनेका थिए । १९४७ मा स्वतन्त्र भएपछि प्रधानमन्त्री बनेका नेहरूले १९४७ देखि १९६४ शासन गरे । त्यसपछि शास्त्री दुई वर्ष प्रधानमन्त्री बने । १९६६ को जनवरी ११ मा उज्बेकिस्तानको तासकेन्टमा शास्त्रीको निधन भएपछि इन्दिरा प्रधानमन्त्री भएकी हुन् ।

प्रधानमन्त्री हुनुअघि इन्दिरा १९६४ देखि १९६६ सम्म सूचना तथा प्रसारणमन्त्री बनेकी थिइन् । १९७५ मा देशव्यापी विरोध प्रदर्शनपछि भने उनको प्रधानमन्त्री पद संकटमा परेका थियो । जसका कारण १९७७ मा उनी राजीनामा दिन बाध्य भएकी थिइन् । १९८० मा दोस्रोपटक सत्तामा पुगेकी गान्धी १९८४ अक्टोबर ३१ मा हत्या हुनुअघिसम्म प्रधानमन्त्री थिइन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully