सन् १९८६ मा आजकै दिन : १४ शिखर आरोहणको कीर्तिमान

आश्विन २९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९८६ मा आजकै दिन (अक्टोबर १६) मा पर्वतारोही रेइनहोल्ड मेसनरले आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहणको कीर्तिमान बनाएका थिए ।

इटालीका पर्वतारोही मेसनरले नेपालको लोत्से हिमालको आरोहणसँगै उक्त कीर्तिमान कायम गरेका हुन् । १९४४ सेप्टेम्बर १७ मा इटालीको ब्रिक्सटनमा जन्मिएका मेसनरले २६ वर्षको उमेरमा पाकिस्तानको ‘नङ्गा पर्वत’ बाट आरोहण सुरु गरेका हुन् । 

१९७८ मा पुनः नङ्गा पर्वतको आरोहण गरेका मेसनरले सोही वर्ष अस्ट्रियाका पिटर हबेलरसँगै पहिलो पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । १९८० मा उनले फेरि अक्सिजनबिना नै एक्लै सगरमाथा चढेका थिए । 

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully