सन् १९८८ मा आजकै दिन (सेप्टेम्बर २९) मा संयुक्त राष्ट्रसंघीय शान्ति सेनालाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रसंघीय शान्ति सेनाले ‘निकै चुनौतीपूर्ण र अप्ठ्यारो अवस्थामा पनि तनाव कम गर्ने’ भूमिकाका लागि नोबेल समितिले शान्ति पुरस्कार प्रदान गरेको जनाएको थियो ।
नोबेल समितिले हरेक वर्ष शान्तिसँगै साहित्य, अर्थशास्त्र, चिकित्सा, भौतिकशास्त्र र रसायनशास्त्र गरी ६ विधामा पुरस्कार प्रदान गर्दै आएको छ । यीमध्ये अर्थशास्त्रबाहेकका नोबेल पुरस्कार १९०१ मा स्थापना गरिएको हो । अर्थशास्त्रको विधा भने १९६८ मा थप गरिएको हो । यस वर्ष नोबेल पुरस्कार आगामी अक्टोबर २ देखि ९ सम्म घोषणा गरिँदै छ ।
