सन् १९१८ मा आजकै दिन : अमेरिकामास्पेनिस फ्लु महामारी

आश्विन ११, २०८०

कान्तिपुर संवाददाता

सन् १९१८ मा आजकै दिन (सेप्टेम्बर २८) मा अमेरिकामा स्पेनिस फ्लुका कारण महामारी घोषित गरिएको थियो  ।महामारीका कारण अमेरिकी सहर फिलाडेल्फिया सबैभन्दा बढी प्रभावित भएको थियो ।

उक्त सहरमा आयोजित स्वतन्त्रतासम्बन्धी परेडका कारण महामारी निकै फैलिएको थियो । जसका कारण फिलाडेल्फियामा मात्र करिब १२ हजार मानिसले ज्यान गुमाएका थिए । ‘एच–१ एन–१ इन्फ्लुएन्जा ए भाइरस’ का कारण हुने फ्लुले विश्व समुदायलाई करिब दुई वर्ष आक्रान्त पारेको थियो । उक्त भाइरसको पहिलो केस अमेरिकाको कान्ससमा पहिलो पटक पुष्टि भएको थियो । इतिहासकै भयानक मानिएको उक्त महामारीका कारण विश्वभर कम्तीमा तीन करोड मानिसको ज्यान गएको अनुमान छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully